
धनगढीः धनगढीमा प्रहरी सहायक निरीक्षक असई र प्रहरी जवानको हत्यामा मतियार बनाइएका व्यापारीले सफाइ पाएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजिव गुप्ता पक्राउ परेका थिए। जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले अन्य ९ जनालाई जन्मकैदको फैसला सुनाएकोमा गुप्तालाई सफाई दिएको हो।
सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता सुरबहादुर परियारले गुप्ताको हत्यामा संलग्नता नदेखिए भन्दै उनलाई सफाइ दिइएको जानकारी दिए। गुप्तालाई मतियार बनाएर अनुसन्धान गरिएको थियो,झ उनले भने, ञतर उनको सग्लनताबारे ९ जनाले पनि केही बोलेनन्। प्रत्यक्ष सग्लन पनि देखिएनन्। प्रहरीको हत्या भएको राती जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको थियो भने उनी धरौटीमा छुटेका थिए।
गत कार्तिक १ गते राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको विभत्स हत्या गरिएको थियो। प्रहरीको अनुसन्धानबाट मटर तस्करी गर्ने समूहले दुवै प्रहरीको हत्या गरेको खुलेको थियो।
यस्तै जिल्ला अदालतले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको जिल्ला न्यायाधीश पनेरूले जानकारी दिए।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर