
बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ३ मोहतीमा आगलागी भएको छ । आगलागी हुनेमा सोहि पालिका तिनका कार्तिके ल्वारका घरमा आगलागी भएको छ । आगलागी हुँदा घरमा भएको धन सम्पती लगायतको क्षेती भएको स्थानीय कोपिला सिहंले बताएकी छन ।
घर पुर्ण रुपमा क्षेती भएको र घरमा रहेको सबै समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन ।
कार्तिके ल्वारको घरमा रहेको अन्नपात, लुगा कपडा, भाडाकुडा, र घरमा राखेको ३ लाख नगद सहिद जलेर नष्ट भएको स्थानीय कोपिला सिहंले बताएकी छन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्षेतीको बिबरण नआएकोले के कती भयो भन्ने बारे भन्न नसकिने प्रहरी निरीक्षक नाथले बताएका छन । दिउँसो १ बजे तिर भान्छाघर सल्केर घरमा आगलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ । घर जलेर पुर्ण रुपमा क्षेती भएको भए पनि दिउँसोको समय भएकोले मानवबिय क्षेती भने नभएको प्रहरीको भनाई रहेको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर