
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरामा फेरि वडा पार्टीको अधिवेशन गराउन निर्वाचन समितिलाई ध्यानाकर्षण गराउने भएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवलगायतलाई भेटेर पौडेल पक्षले आज ध्यानाकर्षण गराउन लागेका हुन्।
डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्लसहित उनी पक्षले भाग नलिए पनि गत भदौ २५ गते वडा अधिवेशन गरिएको थियो।
क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान नगरी सभापति शेरबहादुर देउवा पक्षले अधिवेशन गरेको भन्दै पौडेल पक्षले अस्वीकार गरिरहेको छ भने पुन: वडा अधिवेशन गर्न माग गरिरहेका छन्।
यसबारे पौडेल पक्षले आज निर्वाचन समितिमा पुगेर फेरि अधिवेशन गराउन ध्यानाकर्षण गराउन लागेका हुन्।
पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पौडेलसहितका नेताले निर्वाचन समितिलाई भेट्ने कार्यक्रम छ।
वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र शेखर कोइरालालगायतले आज निर्वाचन समितिलाई ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।
पौडेल पक्षले हालै पत्रकार सम्मेलन गरेर डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न र यसअगाडि गरिएको अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिलाई आग्रह गरेको थियो।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर