काठमाण्डाैं :- कर्णाली प्रदेशको दैलेखमा एक १९ वर्षीया युवती नेपाली कांग्रेसको वडा सभापति बनेकी छिन् । दैलेखको दल्लु नगरपालिका-३ मा शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन् । कांग्रेस पुरानो पार्टी भएकाले नेतृत्वको आकांक्षामा बसेकाहरु र नयाँ पुस्ता पार्टीमा नआएको गुनासो बढिरहँदा उनलाई सभापति बनाइएको हाे ।
स्वस्तिका दैलेख कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरी हुन् । भूपेन्द्र कांग्रेस जिल्ला उपसभापति भइसकेका व्यक्ति हुन् । कलिलै उमेरमा वडा सभापतिको नेतृत्व सम्हालेर उनले स्वर्गीय पिताको राजनीतिक यात्रालाई निरन्तरता दिएकी छन् ।
स्वस्तिकालाई सर्वसम्मत रुपमा वडा सभापतिको नेतृत्व मिलेको हो । त्यसो त सो पदका आकांक्षी अरू नभएका होइनन् तर एउटी किशोरीले नेतृत्व लिने साहस देखाएपछि सबैले साथ दिएको बताइएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर