बाजुरा: नेपाली काँगेस बाजुराले जिल्ला कार्य समिति सदस्य स्व. विनोद गिरीको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । काँग्रेस बाजुराले नेपाली काँग्रेस बाजुराका सक्रिय युवा नेता गिरीको १३ औँ दिने पुण्य तिथिको अवसरमा कोल्टीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा संकलन गरेर नगद रु. ५० हजार २ सय ५० सहयोग हस्तान्तरण गरेको नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डितले बताए ।
सभापती कविराज पण्डित सहितको टोली स्व. गिरीको घरमै पुगेर उनका परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस बाजुराका क्रियशिल तथा उर्जाशिल युवा नेता गिरीको अस्कमात् भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारलाई थोरै भएपनि मलम लगाउन सहयोग होस् भनि सो अभियान संचालन गरि रकम स्व. गिरीका परिवारलाई प्रदान गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
नेपाली काँग्रेस बाजुराले यसअघि पनि बाजुरा लगायत अन्य जिल्लाका विभिन्न घटनाका पिडितहरुलाई पनि सक्दो सहयोग गर्दै आइरहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर