• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

निसीखोला गाउँपालिका आलु र मकै पकेट क्षेत्र

खप्तड मालिका न्युज March 19, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

५ फागुन, गलकोट । बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो ।

वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिए ।

गाउँपालिकाले गत वर्ष सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकामा यस वर्ष चार वडालाई आलु तथा मकैको पकेट क्षेत्र घोषणा गरिएको उनको भनाइ थियो ।

शाखा प्रमुख परियारले पकेट क्षेत्रमा उपभोक्ता समिति निर्माण गरी सम्झौतासमेत भइसकेकाले अब काम अगाडि बढ्ने बताए । वडा नं ५ र ६ आलु उत्पादनका लागि अत्यन्तै उर्वर भूमि मानिन्छ ।

यहाँका वडावासीले वर्षौंदेखि आलु उत्पादन गरी यसैबाट जीविकोपार्जनसमेत गर्दै आइरहेका छन् । निसेलढोर स्याउ र आलु उत्पादनका लागि बढी उर्वर भएपनि गाउँपालिकाले त्यहाँ कृषिका लागि बजेटको व्यवस्था गर्न नसकेको स्थानीयवासीले बताए ।

ढोरपाटन सिकार आरक्षसमेत पर्ने निसेलढोरमा हरेक वर्ष स्थानीयवासीले लाखौँका स्याउ, आलु र सिमी उत्पादन गर्दै आएका छन् । त्यस क्षेत्रमा उत्पादन बढाउन गाउँपालिकाको ध्यान पुगेको थिएन ।

गाउँपालिकाले कृषिका लागि यस वर्ष रु ४० लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै शाखाप्रमुख परियारले यसबाट कृषकलाई उन्नत जातका बीउबिजन वितरण र माटो शिविर सञ्चालन गरिने बताए ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले कृषकलाई समय–समयमा कृषि परामर्श तथा तालिमसमेत दिँदै आएको र अब केही अनुदानका कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिए ।

यहाँका कृषकले अझै पनि परम्परागत खेती प्रणाली अपनाउँदै आएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्न गाउँपालिकाले जोड दिँदै आएको जनाइएको छ ।

सम्बन्धित पोस्ट
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    समाचार

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑