• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पर्वतको दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

खप्तड मालिका न्युज February 23, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

११ फागुन, गण्डकी – ‘देउपुरको जस्तो खेती र पाती बाजुङको ठूलो गाउँ । उराठ लाग्ने दुर्लुङको डाँडा मोहनी लाग्ने पाङ ।’

पर्वत र आसपासका क्षेत्रमा विगतमा निकै चर्चामा रहेको यस गीतमा उराठ लाग्ने भनिएको दुर्लुङको डाँडाको पहिचान अहिले भने फेरिएको छ । हिमाली एवं पहाडी दृश्यावलोकनको महत्वपूर्ण गन्तव्यमध्येको हालको कुष्मा नगरपालिका–३ स्थित दुर्लुङमा पछिल्ला वर्षमा भने ठाउँ ठाउँबाट पर्यटक पुग्ने गरेका छन् ।

स्थानीय जागरुकतासँगै यहाँको ऐतिहासिक एवं धार्मिक महत्वको प्रचारप्रसार हुन थालेसँगै विगतको उराठ लाग्ने दुर्लुङ यतिखेर जिल्लाकै मोहोनी लाग्ने गन्तव्यमध्ये एक जस्तै बन्दै गएको छ । धौलागिरिदेखि धौलाशिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाली दृश्यलाई एक साथ नियाल्न सकिने यो ठाउँ समुद्री सतहबाट एक हजार ४०० मिटर उचाइमा छ ।

यस ठाउँबाट देखिने म्याग्दी, वाग्लुङ, गुल्मी, कास्की, पाल्पा, स्याङ्जा, पर्वत आदि जिल्लाका पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको स्थानीय समाजसेवी एवं दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सचिव बालकृष्ण शर्माले बताए ।

‘नेपालका बाइसे चौबीसे राजाको पालादेखिको इतिहासको साक्षी दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिएको छ’, उनले भने । उनका अनुसार दुर्लुङकोटमा मल्लकालीन राजाको दरबार रहेको थियो ।

दरबारका मानिसलाई सपनामार्फत त्यहाँ भूमेको थान रहेको भन्ने चेष्टा भएसँगै भूमेको थान स्थापना गरिएको जनविश्वास छ । तत्कालीन समयमा दरबार परिसरमा हतियार राख्ने र धार्मिक विधिअनुसार पूजाआजा गर्ने परम्परालाई यहाँका स्थानीयवासीले अझै पनि निरन्तरता दिँदै आएका छन् ।

दुर्लङकोटमा हाल रहेको मन्दिर भूकम्पपछि निर्माण गरिएको हो । यसअघि झण्डै ३० वर्षअघि निर्माण गरिएको मन्दिर २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो ।

तत्कालीन प्रतिनिधिसभा सदस्य अर्जुन जोशीले सांसद विकास कोषमार्फत गरेको रु १० लाख सहयोगका साथै महायज्ञबाट उठेको रकममध्येको केही रकमसमेत गरी १७ लाखको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको सचिव शर्माले जानकारी दिए । यस कोटमा प्रत्येक वर्ष बडादसैं, चैते दसैं, उधौली–उभौली आदिमा विशेष पूजाआजा हुने गरेको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

मनले चिताएको पुग्ने शक्तिपीठका रुपमा पर्वतसहित आसपासका जिल्लाबाट दर्शनार्थी आउने गरेको उनले बताए । मल्लकालीन समयदेखिको सभ्यता बोकेको यो ठाउँ प्रवर्द्धनको पर्खाइमा रहेको बताउँदै पूजारी सुवेदीले यसका लागि स्थानीयवासी, जनप्रतिनिधि तथा सरकार सबैको साथ र सहयोग आवश्यक हुने बताए ।

प्रवर्द्धनमा पर्यटनसम्बद्ध संस्थाको चासो

दुर्लुङकोटको पर्यटन प्रवद्र्धनमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले चासो दिएका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेशले हालै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेल, नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहित दुर्लुङकोटको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

‘दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ’, उनले भने, ‘स्थानीय जागरुकता बढेमा निजी तथा सरकारी सबै निकायको सामूहिक साथ र सहयोगबाट यसलाई राम्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने पक्का छ ।’

दुर्लुङको राम्रो प्रचारप्रसार गर्न सके यो ठाउँ धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा स्थापित बन्न सक्ने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेलले बताए ।

पर्यटकीय विकाससँगै यहाँका उत्पादनलाई पनि त्यससँग जोड्न सकिने बताउँदै उहाँले पछिल्ला वर्षमा सदरमुकाम कुश्मा बजारदेखि यातायातको सहज सुविधा भएका कारण पनि त्यसले पर्यटकलाई आकर्षित गर्न थप सहयोग पुग्ने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताउँदै यसको प्रवद्र्धनका लागि स्थानीय जागरुकताको आवश्यकता औंल्याए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनलाई पुर्नउत्थान गर्न आन्तरिक पर्यटनको विकास आवश्यक भएको बताउँदै धार्मिक एवं ऐतिहासिक महत्वकास्थललाई पर्यटनसँग जोड्नु अपरिहार्य भएको बताए ।

कुष्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले दुर्लङकोटसहित कुष्माका प्रमुख पर्यटकीय गन्तव्यको विकास आफूहरूको प्राथमिकतामा परेको बताउँछन् । दुर्लुङकोटसँगै यहाँ आसपासका चनौटे गाउँको तामाखानी गुफा, क्यानोनिङ, चनौटे होमस्टे तथा आम्वोट–दुर्लुङ–हलहले–क्याङ–घोरेपानी पदमार्ग आदिको पर्यटन बजारमा प्रचारप्रसार आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।

दुर्लुङस्थित चनौटे गाउँमा चार वर्ष अघिदेखि होमस्टे सञ्चालनमा आएको र गाउँ नजिकै क्यानोनिङ सञ्चालनमा आएको स्थानीय महिला सुनकुमारी गुरुङले जानकारी दिए ।

‘यहाँका १० घरमा पर्यटकका लागि खान बस्न सक्ने गरी होमस्टे सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘कोरोनाका कारण लामो समयसम्म बन्द होमस्टे पुनः सञ्चालनमा ल्याएका छौं ।’

होमस्टेमा आउने पर्यटकले स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिन पाउनुका साथै यहाँबाट मह, किबी, सागसब्जी समेत किनेर लैजान सक्ने उनले जानकारी दिए ।

चनौटे घरवाससहित दुर्लुङकोट आसपासका गन्तव्यलाई पर्यटकीय रुपमा उपयोग गर्न सकेमा यहाँका स्थानीयवासीको आयआर्जनसमेत बढाउन सकिने गाउँ पर्यटन प्रवद्र्धन मञ्च९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले बताए ।

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
  • केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    समाचार

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑