
११ फागुन, कठामाडौं – विभागीय टोली एपीएफले ललितपुर मेयर वुमन्स टी-२० च्याम्पियनसिपमा दोस्रो जित हात पारेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेश टोलीलाई ६ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । एपीएफका लागि रोमा थापाले अविजित रहँदै सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बल खेल्दै ३ चौका प्रहार गरिन् । रोमा र ममता चौधरीले पाँचौ विकेटका लागि अविजित ४३ रनको साझेदारी गर्दै एपीएफको जित निश्चित गरेका थिए । ममता चौधरी १४ रनमा अविजित रहिन् ।
ओपनर ज्योती पाण्डे ११, कप्तान सीता राना मगर ४, इन्दु बर्मा १० र रसरिता मगर ९ रन बनाएर आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर ८९ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा १८ रन नै अतिरिक्तबाट प्राप्त गरेको थियो ।
तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्दा ओपनर विन्दु रावल र डली भट्टले समान ११ रन बनाए । बाँकी ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीएफकी सोनु खड्काले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । यस्तै करुणा भण्डारी र सीता मगरले दुई/दुई तथा राजमती ऐरीले एक विकेट लिइन् ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर