
विराटनगर फागुन १०, २०७८ – जनता समाजवादी पार्टी ९जसपा०ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न माग गरेको छ । जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति प्रकाशित गर्दै नामकरण पहिचानको आधारमा हुनुपर्नेमा जोड दिएका हुन् । उनले आज बस्ने सर्वदलीय बैठकमा आफ्नो तर्फबाट ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ को प्रस्ताव राख्ने बताएका छन् ।

‘प्रदेश १ को नामकरण पहिचानको आधारमा नै हुनु पर्दछ भन्नेमा जनता समाजवादी पार्टी, नेपाल प्रदेश समिति प्रदेश नम्बर १ सदा स्पष्ट र प्रतिवद्ध छ । मिति २०७७ असोज २३–२४ गते दमकमा सम्पन्न प्रदेश पदाधिकारी बैठकले यस प्रदेशको नामकरण ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव गर्ने निर्णय गरेको स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामकरण गर्नु पर्दछ भन्ने जसपाको प्रस्तावलाई समर्थन गरिदिन हार्दिक अपील गर्दछौं ।’
विज्ञप्तिमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवादमा विश्वास राख्ने जसपा नेपाल ९जसपा० १०ं१ पूर्ण सङ्घीय प्रदेशहरू निर्माण हुनु पर्दछ भन्ने मत राख्ने पनि उल्लेख गरेको छ । प्रदेश सरकारले प्रदेशको नामकरणबारे वहस र छलफल हुन थाल्नु स्वागतयोग्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर