• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

विश्वकपका लागि यूएईविरुद्धको निर्णायक खेलमा नेपालको सम्भावना कति ?

खप्तड मालिका न्युज February 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१० फागुन काठमाडौं – एक खेल जिते विश्वकपमा । अनि हारे रु हारे विश्वकपबाट धेरै टाढा । फेरि नेपाल कहिले विश्वकपमा पुग्छ भन्न सकिन्न ।

प्रसंग हो ओमानमा जारी आईसीसी टी(२० विश्वकप क्वालिफायरको । जहाँ नेपालले आज यूनाइटेड अरब इमिरेट्स ९यूएई०सँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज यूएईसँग आज अपराह्न पौने चार बजे त्यस्तो खेल खेल्दैछ जुन खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी(२० विश्वकपमा स्थान बनाउने छ । यदि पराजित भएमा नेपालले विश्वकप पुग्नका लागि अझै केही वर्ष पर्खनु पर्नेछ ।

नेपालले ग्लोबल क्वालिफायर(‘ए’को समूह ‘बी’मा अहिलेसम्म तीन खेल खेल्दा शतप्रतिशत जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । सेमिफाइनल पुग्न यी तीन खेल जति महत्वपूर्ण थिए त्योभन्दा महत्वपूर्ण खेल नेपालका लागि यूएईविरुद्ध हुनेछ ।

यो पनि पढ्नुहोस
युएईलाई पन्छाए विश्वकपमा नेपाल यसपालि
नेपाल समूह ‘बी’ मा सबै तीन खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो । उता यूएई सुरुको दुई खेल जितेर अन्तिम खेलमा बहराइनसँग पराजित भएको थियो । तैपनि समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल पुग्यो ।

आजै अर्को सेमिफाइनल खेल पनि हुनेछ जहाँ समूह ‘ए’ को विजेता आयरल्याण्डले समूह ‘बी’ को उपविजेता घरेलु टोली ओमानसँग खेल्नेछ ।

यी दुवै सेमिफाइनलका विजेता टी(२० विश्वकपमा पुग्नेछन् । रमाइलो के छ भने आयरल्याण्ड र ओमानले २०२१ मा यूएई र ओमानमा भएको टी(२० विश्वकप खेलेका थिए । यसबाट एक टोली मात्र विश्वकपमा पुग्नेछ ।

आयरल्याण्ड विजयी भए लगातार सातौं पटक विश्वकप पुग्नेछ भने ओमान विजयी भए लगातार तेस्रो पटक विश्वकप खेल्नेछ ।

अर्कोतर्फ नेपाल र यूएईले पछिल्लो विश्वकप खेलेका थिएनन् । यसबाट जित्ने टिमले भने आठ वर्षपछि टी(२० विश्वकपमा स्थान बनाउने छ ।

नेपाल र यूएईले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक विश्वकप खेलेका थिए । त्यसपछिका दुई संस्करणमा भने यी दुवै टोली छनोट हुन सकेनन् ।

यूएई पछिल्लो पटक टी(२० विश्वकपको ग्लोबल क्वालिफायर खेले पनि छनोट हुन सकेको थिएन । नेपाल भने एसियन रिजनबाट अघि बढ्न सकेन । यसपटक दुवै टिम आईसीसी टी(२० वरीयतामा माथिल्लो स्थानमा रहेकाले सिधै ग्लोबल क्वालिफायरमा पुगेका हुन् ।

अहिले भइरहेको ग्लोबल क्वालिफायरअघि तयारी स्वरुप खेलिएको चार देशीय सिरिजमा नेपाल र यूएई पछिल्लो पटक खेलेका थिए । जसमा यूएईसँग नेपाल २५ रनले पराजित भएको थियो ।

अहिले सेमिफाइनल खेल्न लागेका चारै टोलीले त्यो सिरिज खेलेका थियो । जसमा नेपालले ओमानलाई पराजित गर्दा आयरल्याण्ड र यूएईसँग पराजित भएको थियो । यूएईले भने नेपाल र आयरल्याण्डलाई हराउँदा ओमानसँग पराजित भएको थियो ।

तर त्यस सिरिजपछि क्वालिफायरमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित छ । नेपालले समूह चरणमा ओमानलाई ३९ रनले, फिलिपिन्सलाई १३६ रनले र क्यानडालाई ८ विकेटले पराजित गरिसकेको छ । ओमानले नेपालसँग हार्दा क्यानडा र फिलिपिन्सलाई हरायो ।

अर्को समूहमा यूएईले आयरल्याण्ड र जर्मनीलाई हरायो भने बहराइनसँग पराजित भयो । आयरल्याण्डले यूएईसँग हारेपछि बहराइन र जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अब यिनै चार टिममध्ये सेमिफाइनल जित्ने दुई टोलीले फाइनल पुग्दै अष्ट्रेलियाको टिकट काट्नेछन् ।

नेपाल भर्सेस यूएई हेड टु हेड

नेपाल र यूएई टी(२० अन्तर्राष्ट्रियमा चार पटक खेलेका छन् । जसमा दुवै टिमले २(२ खेल जितेका छन् । सन् २०१९ मा यूएईमै भएको तीन खेलको टी(२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले यूएईलाई २(१ ले हराएर सिरिज जितेको थियो ।

उक्त सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपालले त्यसपछि दोस्रो खेलमा यूएईलाई ४ विकेटले र तेस्रो खेलमा १४ रनले पराजित गरेको थियो ।

त्यसपछि अहिले भइरहेको क्वालिफायर अघि चारदेशीय सिरिजमा यूएईले नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा यूएईले पहिलो ब्याटिङ गर्दै चिराग सुरीको ८४ रन मद्दतमा ३ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा नेपालले १६७ रन मात्र बनाउन सक्यो ।

खेलाडीको प्रदर्शन

त्यस खेलमा ८४ रन हानेका सुरी सहित युवा खेलाडी भृत्य अरविन्द र पूर्व कप्तान रोहन मुस्ताफा अहिले यूएईका लागि राम्रो खेलिरहेका छन् । यी खेलाडीको ब्याटिङमा यूएईको प्रदर्शन भर पर्नेछ । भृत्य सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् उनले दुई अर्धशतक प्रहार गरिसकेका छन् ।

यता नेपालको लागि कप्तान सन्दीप लामिछानेले एकरुपको बलिङ गरिरहेका छन् । सन्दीपले ३ खेलमा ८ विकेट लिंदै सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा छन् । उनलाई स्पीनमा दीपेन्द्र सिंह ऐरीले साथ दिएका छन् । फास्ट बलिङमा कमल सिंह ऐरी, अविनाश बोहरा र जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै सोमपाल कामी र करण केसीको अभाव खड्किन दिएका छैनन् ।

ब्याटिङमा भने ओपनर कुशल भुर्तेलले एक शतक प्रहार गरिसकेका छन् । पहिलो खेलमा ओमानविरुद्ध पाँच रनमा आउट भएका भुर्तेलले दोस्रो खेलमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाए । यस्तै तेस्रो खेलमा क्यानडाविरुद्ध पनि अविजित रहँदै ३४ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । पहिलो खेलमा ओमानविरुद्ध ११ रनमा आउट भएका दीपेन्द्रले दोस्रो खेलमा फिलिपिन्सविरुद्ध ८३ रन बनाए । तेस्रो खेलमा क्यानडाविरुद्ध अविजित २७ रन जोडे । उनले बलिङमा ओमानविरुद्ध २ विकेट लिँदै उत्कृष्ट फिल्डिङ समेत गरेका थिए भने फिलिपिन्सविरुद्ध १ विकेट लिएका थिए ।

यसपटक विकेट किपिङको जिम्मा पाएका कुशलका ओपनिङ जोडी आसिफ शेखले भने ब्याटिङमा राम्रो गर्न सकेका छैनन् । उनले ३ खेलमा जम्मा २१ रन बनाएका छन् ।

विकेटकिपरको रुपमा भने उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । कुल ६ डिसमिसलमध्ये उनले विकेट पछाडि चार क्याच लिएका छन् भने दुई स्टम्पिङ गरेका छन् ।

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    समाचार

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑