• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जेब्रा झोलामा प्याक गरेर फ्यालिएको शवको पहिचान

खप्तड मालिका न्युज February 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

विराटनगर- हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर जंगलमा फ्यालिएको शवको एक सातापछि पहिचान खुलेको छ। हत्या गरिएका व्यक्ति झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दीपक सिग्देल रहेको पुष्टि भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।

सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डमा उनको लास भेटिएको थियो। राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट सिग्देलको पुरानो घर इलामको बाँझोमा रहेको खुलेको छ। सिग्देल परिवार केही वर्षअघि मात्रै दमकमा बसाइँ सरेर आएको पत्ता लागेको छ।

प्रहरीका अनुसार हत्या गरिएका सिग्देल वैदेशिक रोजगारीका लागि बहराईन पुगेर नेपाल फर्किएका थिए। उनको हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन। हत्यामा उनकै परिवारका सदस्यको संलग्नता रहेको बताइएको छ। घटनामा अरुको पनि संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको प्रहरी स्रोतले बतायो।
सिग्देलको हत्या कहिले भएको थियो भन्ने यकिन हुन बाँकी छ। तर मोरङमा हत्या गरेपछि शरीरलाई टुक्राटुक्रा बनाउँदै जेब्रा झोलामा राखेर शवलाई धरानको जंगलमा पुर्‍याएर फ्यालेको पाइएको बताइएको छ। प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप प्रमाण संकलनको काम भइरहेको छ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ तथा संघीय प्रहरी इकाई कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोली खटिएको थियो। हत्यामा संलग्नलाई मोरङबाट पक्राउ गरेर सुनसरी लगेको बताइए पनि प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन।

प्रहरीका अनुसार हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै अलग(अलग जेब्रा झोलामा प्याक गरेर फ्यालिएको अवस्थामा गत बुधबार र बिहीबार पुरुषको शव भेटिएको हो। घाँटीभन्दामाथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार भेटिएको थियो। भोलिपल्ट अर्थात बिहीबार करिब १ किलोमिटरमाथि जीउ र अन्य अंगहरु प्याक गरिएको अर्को झोला पनि भेटियो।
कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा अलगअलग जेब्रा झोलामा शवका टुक्रा भेटिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान अघि बढाएको थियो। ‘निक्कै मिहिनेत गरेर शवको सनाखत गर्न सफल भइयो,’ प्रहरी स्रोतले भन्यो, ‘हत्यामा संलग्न दुई जनालाई पनि पक्राउ गरिसकिएको छ।’ प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

धरानमा मानिसको हत्या , जेब्रा झोलामा टाउको र खुट्टा भेटियो
जेब्रा झोलाभित्र शवका टुक्रा, ४ दिनसम्म खुलेन पहिचान

यो समाचार आजको अन्नपुर्णमा छ ।

सम्बन्धित पोस्ट
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    समाचार

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑