
१० फागुन, काठमाडौं – भोलि बुधबारदेखि नेपाल(भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ ९जेएससी० को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ ।

भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानीरविकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले बैठक बोलाउन पटक(पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो ।
काठमाडौंमा हुने बैठकको पहिलो दिन भोलि नेपाल(भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी०को बैठक बस्ने छ । बैठकले टुंगो लगाएका विषयहरु दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेश हुनेछन् । नेपालको तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीले र भारतको तर्फबाट भारतीय ऊर्जासचिव आलोक कुमारले नेतृत्व गर्नेछन् ।
बैठकमा मुख्य रुपमा नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसरणलाइन आयोजना र निर्माण र जलविद्युत क्षेत्रको लगानीबारेमा छलफल हुनेछ । बैठकमा ‘न्यू बुटवल(गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण गर्न भएको सहमति कार्यान्वयनको अवस्थाबारे समीक्षा हुनेछ ।
त्यसैगरी बैठकमा नेपालमा उत्पादित विद्युतललाई सहजै भारतीय बजारमा प्रवेश दिनेबारे पनि छलफल हुनेछ । नेपालले अहिले भारतमा ३९ मेगावाटका आयोजनाको बिजुली मात्रै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा निर्यात गर्ने अनुमति पाएको छ । नेपाल विद्युत प्राधिकरणले थप ८१४ मेगावाटबराबरका आयोजनाको बिजुलीलाई पनि बजारमा प्रवेश दिन प्रस्ताव गरेको छ । तर, भारत सरकार अझै तयार नभएकाले यस विषयमा पनि भारतको ध्यानाकर्षण गराउने ऊर्जा मन्त्रालयको तयारी छ ।
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार भारतले यसपटक आफ्नो एजेन्डामा ‘जलविद्युतमा संयुक्त लगानी’ पनि राखेको छ । भारतले कुनै ठूलो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्ने प्रस्ताव गर्ने अनुमान छ । तर, कुन आयोजनामा भारतको लगानी गर्ने इच्छा हो र कुन आयोजनामा संयुक्त लगानी सम्भव छ भन्नेबारे बैठकमा नै छलफल हुनेछ । भारतले संयुक्त रुपमा सरकारी लगानीका कम्पनी खडा गरेर ठूला आयोजना अघि बढाउन प्रस्ताव गर्ने सम्भावना पनि छ ।
अहिलेसम्म नेपाल भारतको संयुक्त लगानीमा आयोजना बनेको छैन । भारत सरकारको लगानीमा अरुण तेस्रो बनिरहेको छ भने तल्लो अरुण जलविद्युत आयोजना पनि भारतले नै बनाउने गरी समझदारी भइसकेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो कणार्ली आयोजना लिए पनि लगानी जुटाउन सकेको छैन ।
ऊर्जासचिव स्तरीय बैठकमा नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि त्रिदेशीय ९नेपाल, भारत र बङ्गलादेश० बैठक आयोजनाबारे छलफल हुनसक्ने अधिकारीहरु बताउँछन् । २०७६ असोजकै बैठकमा भारतले तीन महिनाभित्र यस्तो बैठक बोलाउने प्रतिवद्धता जनाएपनि अझै चासो दिएको छैन ।
नेपाल भारत(ऊर्जा सचिवस्तरीय
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर