• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पुष्पलाल ब्याडमिन्टन उपाधि अनुमाया र प्रिन्सलाई

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

फागुन ९- नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ्ग ११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन्।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबिच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधी उचालेकी हुन् । पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिला दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन् । अनुमायाले नगद ५० हजार र उपबिजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन् । महिला एकल तर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ्ग र अमिता गिरीले नगद १२ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

खेल सामाग्री उत्पादक संस्था लिनिङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल (उच्च १६ औं बरियता प्राप्त) मा बिश्व वरियतामा जुनियर तर्फ नम्बर १ रहेको प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् । प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता समेत हुन् । बिजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपबिजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे । यस्तै पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

बिजयी जोडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ नगद २० हजार प्राप्त गरे । यस्तै उपबिजयीले नगद १० हजार र तृतीयले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

पुरुषको उच्च १६ बरियता देखि बाहेककोमा कास्कीका बिधान अधिकारीले बाजी मार्दै उपाधी उचाले । अधिकारीले सेनाका पविन लिनथेपमाथि २१–१२, २१–११ को जित हात पारे । यस्तै महिला तर्फ एनआरएन सानिया चन्दले उपाधी उचालिन् । चन्दले कैलालीकी एलिना सुनारलाई २१–१८, २२–२० ले पराजित गर्दै उपाधी कब्जा गरेकी हुने । यस विधामा बिजयीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तृतीय स्थानकाले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।
पुरुष यु १७ तर्फ सेनाका डेभिड थापा मगरले जित हात पारे । उनले १६ फिदरका क्षितिज खनाल माथि १७–२१, २१–१६ र २४–२२ को कठिन जित निकाले । महिला तर्फ सेनाकी रशिला महर्जनले सेनाकै प्राथना देउवालाई २१–१८, २१–८ ले पराजित गर्दै उपाधी जितिन् ।

बिजयी खेलाडीहरुलेनगद १५ हजार र उपबिजयीले ८ हजार प्राप्त गरे । यस्तै तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ४।४ हजार प्राप्त गरे । यसका साथै बिजयी सबै खेलाडीले मेडल, प्रमाण पत्र र ट्रफी पनि हात पारे ।

मास्टर्स ४५ बर्ष माथिको खेलमा कास्कीका बिशाल हेराचन र शम्भु कुमार श्रेष्ठको जोडीले बिजय हात पार्दै उपाधी सहित मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद २० हजार प्राप्त गरे । उक्त जोडीले जेष्ट ब्याडमिन्टनका नविन बाबु श्रेष्ठ र चितवनका सुभाष श्रेष्ठको जोडीलाई २१–११, २१–१५ ले पराजित गरेका हुन् । श्रेष्ठ जोडीले उपबिजयी भए बापत मेडल ट्रफी प्रमाण पत्रका साथै नगद १० हजार प्राप्त गरे । तृतीय स्थानमा रहेकाले नगद ५ हजारका साथै मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गरे ।
मास्टर्स ५५ बर्ष माथिको खेलमा चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडील धादिङ्गका बिष्णुलाल श्रेष्ठ र कास्कीका मनोज श्रेष्ठको जोडीलाई २१–१८, ७–२१, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुुन् । बिजयी खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद २० हजार प्राप्त गरे । यस्तै उपबिजयी खेलाडीहरुले मेडल, ट्रफी प्रमाण पत्रक साथ नगद १० हजार प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्रका साथै नगद ५।५ हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, साँसद राजकाजी महर्जन, नेपाल ओलम्पिक संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मुख्या प्रायोजक लिनिङ्गका नेपाल प्रतिनिधी अनिल जर्लानी, राखेपका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, उपाध्यक्ष ध्रुव श्रेष्ठ, सचिव नविन विक्रम शाह, राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाका प्रमुख अर्जून बि.क., उपनिर्देशक रजनी मैया जोशी, राष्ट्रिय ब्याडमिन्टन संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेकाथिए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा फागुन ३ देखि ८ गते सम्म भएको प्रतियोगितामा संघ संग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका ), पुरुष एकल (१६ औ बरियता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय बरियतामा १२ औं स्थानमा रहेका), महिला एकल (१२ औं बरियता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा भएको थियो ।
कुल २१ लाख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ९८ हजार खर्च रहेको थियो । लिग चरणको पुरुष एकल ( राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका ) र महिला एकल ( १२ औं स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १५ सय प्राप्त गरेका थिए । यस्तै लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १५ सय प्राप्त गरेका थिए । यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार, सेमिफाईनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गरेका थिए । यसैगरि फाईनलमा बिजयी खेलाडीले थप २० हजार र उपबिजेता खेलाडीले थप ५ हजार प्राप्त गरेको आयोजकले जनाएका छन् ।

यस अघि भएको सेमिफाईनल खेलको पुरुष एकल (उच्च १६ बरियता) तर्फ बिश्व जुनियर एकमा रहेका उदियमान खेलाडी प्रिन्स दाहालले राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी माथि १४–२१, २१–१४, २१–१७ ले जित निकाल्दै फाईनलमा सेनाका नविन श्रेष्ठ संगको भेट पक्का गरेका थिए । यस्तै नविनले फाईनल प्रवेश गर्नेक्रममा सेनाकै प्रफुल महर्जन माथि १४–२१, २१–१७, २१–१६ ले जित निकालेका थिए ।

महिला एकल तर्फ सेनाका अनुमाया राई र रशिला महर्जन फाईनल प्रवेश गरे । अनुले भोजपुरकी नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१–१३, २१–१९ ले तथा रशिलाले सेनाकी अमिता गिरीलाई २१–१३, २१–८ले पराजित गरेका थिए ।

पुरुष युगल खुला तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडी फाइनल प्रवेश गरे । उक्त जोडीले कास्कीका बिधान अधिकारी र भुगोल गुरुङ्गको जोडीलाई २१–१९, २१–१६ ले पराजित गर्दै उपाधीका लागि सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी संगको भेट पक्का गरे । महर्जन जोडीले पुलिका जीवन आचार्य र सुनिल जोशीको जोडीलाई २१–१७, १४–२१, २१–१८ ले पराजित गरे ।

महिला युगल तर्फ सेनाकी अनुमाया राई र भोजपुरकी नङ्गशलदेवी तामाङ्गको जोडीले फाईनलमा स्थान बनायो । उक्त जोडीले एपिएफकी जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१७, २१–१३ ले पराजित गदै फाईनलमा सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीसंगको भेट पक्का गरे । गिरी र महर्जनको जोडीले कञ्चनपुरका बिणा बिष्ट र निलिमा महराको जोडीलाई २१–९, २१–८ ले पराजित गरेका हुन् ।

उच्च १६ बरियता देखि बाहेकको पुरुष एकलको खेलमा सेनाका पविन लिनथेप कास्कीका बिधान अधिकारीले फाईनलमा स्थान बनाए । पविनले सेनाका दिवश शंकरलाई २१–१५, २१–१६ ले तथा बिधानले मोरङ्गका भोज बहादुर गुरुङ्गलाई २१–१६, २२–२० ले पराजित गरेका हुन् ।

महिला उच्च १२ बरियत बाहेकको महिला एकलको खेलमा एनआरएनकी सानिया चन्दले सेनाकी प्रेक्षा राईलाई २१–१७, २१–१५ ले पराजित गर्दै फाईनलमा कैलालीकी एलिना सुनार संगको भेट पक्का गरिन् । सुनारले पाल्पाकी दिया शाक्यलाई २१–८, २१–१४ ले पराजित गरेकी हुन्

यस अघि यु १७ पुरुष एकल तर्फके सेमिफाईनलमा डेभिडले सिल्क ग्रुपका नरेन्द्र बम ठकुरीलाई २७–२५, २३–२१ ले तथा १६ फिदरका क्षितिज खनालले सेनाका आयुश्मान नागरीलाई २२–२४, २१–१५, २१–१३ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

यस्तै यु १७ महिला एकल तर्फ फाईनल प्रवेश गर्ने क्रममा रशिलाले कैलालीकी एलिना सुनारलाई २१–९, २१–६ ले तथा प्राथनाले सेनाकै रोज पाण्डेलाई २१–१८, २१–१२ ले पराजित गरेका थिए ।

पुरुष ४५ बर्ष माथिको युगल तर्फ कास्कीका बिशाल हेराचन र शम्भु कुमार श्रेष्ठले पिस एफसीका पूर्णहरि होना र संजय कपालीको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले तथा जेष्ट ब्याडमिन्टनका नविनबाबु श्रेष्ठ र चितवनका सुभाष श्रेष्ठले पाल्पाका बशन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीलाई २१–१४, २१–९ ले पराजित गर्दै फाईनमा स्थान बनाएका थिए ।

५५ वर्ष माथिको प्रतिस्पर्धाको सेमिफाईनलमा चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीले ललितपुरका रविन्द्र शाक्य र बिरेन्द्र लाल श्रेष्ठको जोडीलाई २१–९, २१–१० ले तथा धादिङ्गका बिष्णुलाल श्रेष्ठ र कास्कीका मनोज श्रेष्ठको जोडीले ईमाडोल ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र दिलबहादुर कदङ्गवाको जोडीलाई २१–१५, २२–२० ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

यो समाचार आजको सेतोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑