
बाजुराको बडिमालिका नगरपालिका-८ मा रहेको श्री जनप्रकाश आधारभूत विद्यालय रतुडामा महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने गरेको पाइएको छ। स्थानीयका अनुसार रतुडामा रहेको विद्यालय देउताको ओहोरदोहोर गर्ने मुख्य बाटोमा रहेकाले महिनावारी भएको समयमा देवता रिसाउने भन्दै शिक्षिका विद्यालय नजाने गरेका हुन्।
स्थानीयको देउता रिसाउछन भन्ने विश्वासका कारण नजाने गरेको शिक्षिका नीरा बिष्ट बताइन्। कक्षा ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा २ जना शिक्षिका र १ जना शिक्षक गरी ३ जना छन्। दुबैजना शिक्षिका महिनावारी हुँदा पाँच दिनसम्म विद्यालय जाँदैनन्। महिनामा दुईजना शिक्षिका दश दिन विद्यालय आउँदैनन् भने महिनावारीकै कारण वर्षमा १ सय २० दिन अनुपस्थित हुने गरेका छन्।
शिक्षिका नियमित स्कुल नआएपछि बालबालिकाको पढाइै नै प्रभावित हुने गरेको अविभावकहरुले बताएका छन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर