• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

थप आठसहित १३१ वटा भाषा पहिचान, २३ भाषा सङ्कटापन्न

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, फागुन ९ गते – मातृभाषा वक्ताहरुको सङ्ख्या दिनानुदिन घट्दो क्रममा पुगेपछि संरक्षणका लागि प्रत्येक स्थानीयतहसम्म पुगेर प्रशिक्षण र अभिलेखीकरणमा जोड दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । भाषाको पहिचान बढ्दै गए पनि वक्ताको सङ्ख्या भने न्यून रहेपछि यसको संरक्षणमा पहल थाल्नुपर्ने भएको छ ।

नेपालमा १०४ वटा भाषा बोल्नेको सङ्ख्या ४.०९ प्रतिशत जनसङ्ख्या छ भने ९५.९१ प्रतिशतले १९ वटा भाषा बोल्ने गर्छन् । यसरी तथ्याङ्कीय हिसावले पनि ८० प्रतिशत बढी भाषाका वक्ताको सङ्ख्या न्यून भएपछि भाषा आयोगले अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक सन् २०२२–२०३२ मनाउने निर्णय गरी लोपाेन्मुख भाषालाई विद्युतीय अभिलेखीकरण गर्दै प्रत्येक स्थानीयतहसम्म भाषा प्रशिक्षणलाई व्यापक बनाउने लक्ष्य राखेको भाषा आयोगका प्रवक्ता गेहनाथ गौतमले बताउनुभयो ।

नेपालमा हाल देवनागरी, रञ्जना, सम्बोटा, किराँत र लिम्बूका लिपिमात्र प्रयोगमा छन् बाँकी भने देवनागरी लिपि नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको आयोगले जनाएको छ ।

यी भाषाहरुको लिपि खोजी गरी व्यवस्थित गर्न आयोगले पहल शुरु गरेको छ । नेपालमा हाल ४४.६४ प्रतिशत जनसङ्ख्याले मात्र मातृभाषा बोल्ने गरेका छन् । यी भाषा पनि लिपिबद्ध नहुँदा लोप हुने अवस्थामा पुगेको आयोगले जनाएको छ । आयोगले राना थारु, नार्फु, चुम (स्र्या) नुप्रु (लार्के) पोइके, स्यर्के, मारेक याक्खा र नावा गरी थप आठ वटा भाषाको पहिचान गरेको छ ।

यसअघि २०६८ सालको जनगणनामा १२३ वटा भाषा बोलिने गरेको तथ्याङ्क थियो भने अहिले १३१ वटा भाषा हुने आयोगले जनाएको छ । १० हजारभन्दा कम वक्ता रहेका भाषा ७४ वटा छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा ११३ र कर्णाली प्रदेशमा सबैभन्दा कम ५५ वटा भाषा प्रयोग हुने गरेको छ । आयोगले ११ वटा भाषालाई सरकारी कामकाजका लागि सिफारिस गरेको छ ।

विश्वमा १५ दिनमा दुई वटा भाषा लोप हुने गरेको तथ्य सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै सोमबार भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जातजातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

तीनवटै संस्थाको आयोजनामा आइतबार ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना भएको थियो । आइतबार प्रस्तुत कार्यपत्रले नेपालमा एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको थियो । ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा मनाउन सुरु गरेको हो ।

नेपालमा विसं २०६६ देखि विशेष रुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै आएको छ । भाषाविज्ञान केन्द्रीय विभागका सहप्रा डा. दुवीनन्द ढकाल भाषा लोप हुँदा यसको सांस्कृतिक र बौद्धिक धरोहरको समेत अवसान हुने बताउनुहुन्छ ।

भाषिक विविधता आफैँमा वैज्ञानिक खोज–अनुसन्धानको विषय भएकाले यसको संरक्षणमा राज्य गम्भीर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । संसारमा बोलिने करिव सात हजार भाषामध्ये करिब ४३ प्रतिशत भाषा सङ्कटापन्न अवस्थामा रहेको उहाँले बताउनुभयो । यीमध्ये थोरै भाषालाई मात्र शिक्षा, प्रशासन तथा सार्वजनिक स्थानमा प्रयोगमा अनुमति दिइएको छ ।

युनेस्कोले नेपालमा ७१ तथा भारतमा १९७ सङ्कटापन्न भाषा सूचीकृत गरेको छ । नेपालको संविधानको धारा २८७ अनुसार सरकारले २०७३ भदौ २३ मा भाषा आयोग गठन गरेको छ ।

 

यो समाचार आजको गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑