• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

१३ वर्षदेखि नियमति हुन सकेन स्ववियु निर्वाचन

खप्तड मालिका न्युज February 19, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दसकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन। प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन।

पञ्चायतकाल, सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन। गणतन्त्र स्थापना भएपछि एक पटक मात्र भएको निर्वाचन त्यसपछि भने नियमित हुन नसकेको हो।

त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो। वि.सं. २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोकिएको छ। २०६५ पछि एकै पटक आठ वर्षपछि २०७३ चैत १५ गते भएको थियो।

invotech
२८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि नियमति स्ववियु निर्वाचन भएको छैन। पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा त्रिविले स्ववियु निर्वाचन गराए पनि आंशिकरुपमा केही क्याम्पसमा मात्र भएको थियो तर त्यसपछि यता पटक–पटक त्रिविले स्ववियु निर्वाचन घोषणा गरे पनि हुन सकेको छैन।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आफ्नो सङ्गठन स्ववियु निर्वाचनका लागि तयार रहेको बताइन्। उनले अहिले फागुन १४ गते हुन नसके पनि चैतमा चुनाव गर्नुपर्ने बताइन्। ‘नेपालको शैक्षिक नीति परिवर्तनका लागि मुख्य भूमिका खेल्ने स्ववियु अहिले क्याम्पसमा रहेको छैन,’ उनले भनिन्, ‘नेपालको विद्यार्थी आन्दोलनलाई रक्षा गर्ने स्ववियुको निर्वाचन चाँडै तोक्नुपर्दछ।’

उनले त्रिविलाई स्ववियु निर्वाचनको मिति तोक्नसमेत आग्रह गरिन्। ‘त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा चाँडै नै विद्यार्थी सङ्गठनबीच छलफल गरेर मिति तोक्नुपर्दछ,’ उनले भनिन्, ‘हामी विद्यार्थी सङ्गठन पनि असहमतिका बाबजुद सहमति खोजेर लामो समयदेखि हुन नसकेको निर्वाचन गर्ने पक्षमा छौं।’

sanimancit
नेपाल विद्यार्थी सङ्घका नेता बलदेव तिमिल्सेनाले त्रिविले चाँडै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए। उनले त्रिविका पदाधिकारीको गैरजिम्मेवारीपन कार्यले निर्वाचन हुन नसकेको बताए। ‘हामीले निर्वाचन कार्यतालिका तत्काल प्रकाशन गर्न दवाव दिएका छौं,’ उनले भने, ‘यदि एक हप्ताभित्र निर्वाचनको तालिका प्रकाशन नगरे हामी त्रिविका विरुद्ध निर्वाचन गर्न दबाब दिँदै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दछौं।’

उनले उमेर हदबन्दी र निर्वाचन प्रणालीको कारणले स्ववियु निर्वाचन प्रभावित भएको हुन सक्ने बताए। उनले आफ्नो सङ्गठन उमेर हदबन्दी र प्रणालीमा लचकता अपनाउने बताए। ‘उमेर हदबन्दी र प्रणालीप्रति हाम्रो अझै असहमति छ,’ उनले भने, ‘तर, निर्वाचनका लागि भने ३० वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा हामी सहमति गरेर जान्छौं। हाम्रै कारणले निर्वाचन हामी रोक्दैनौं।’

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठन तयार रहेको बताइन्।

उनले आफूहरूले स्ववियु निर्वाचनको मिति तत्काल तोक्न त्रिवि पदाधिकारीसँग आग्रह गरिसकेको समेत बताइन्। सिंहले तत्काल स्ववियु निर्वाचनको मिति नतोके आन्दोलनका कार्यक्रम पनि गर्ने जानकारी दिइन्। अध्यक्ष सिंहले केही विद्यार्थी सङ्गठन हार्ने डरका कारण पनि निर्वाचनबाट भागेको हुन सक्ने बताइन्।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हाम्रो सङ्गठन तयार रहेको बताए। उनले स्ववियुको गरिमा बढाउनका लागि निर्वाचन आवश्यक रहेको बताए। ‘राजाको प्रत्यक्ष शासनकालमा पनि भएको निर्वाचन आज लोकतान्त्रिक गणन्त्रको शासनमा नहुन दुःखद् हुनु हो,’ उनले भने, ‘त्रिविले चाँडै नै स्ववियु निर्वाचनको मिति घोषणा गरोस्।’

स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा रहेको छ। सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन्। अनेरास्ववियुका अध्यक्ष पराजुलीले स्ववियु निर्वाचन गर्नका लगि त्रिविले पहलकदमी लिनुपर्ने बताए।

त्रिवि सभाका निवर्तमान सिनेटर तथा आरआर क्याम्पसका निर्वतमान सभापति तपेन्द्र शाहीले स्ववियु निर्वाचन नहुनेमा विद्यार्थी सङ्गठन र त्रिवि पदाधिकारी नै दोषी रहेको बताए। ‘त्रिविका पदाधिकारी पनि स्ववियु निर्वाचन गर्न जोखिम लिँदैनन्,’ उनले भने, ‘विद्यार्थी सङ्गठन आफू हार्ने डरले निर्वाचनमा सहभागी नभएर विभिन्न आन्दोलन गरी निर्वाचन भाँड्ने काम गर्दछन्।’ उनले स्ववियु निर्वाचन नहुँदा त्रिविमा विभिन्न नाममा विद्यार्थी सङ्गठनले अराजकता मच्चाइरहेको समेत बताए।

स्ववियु निर्वाचन गर्न आतुर

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गर्नबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग परामर्श भइरहेको बताए। ‘लामो समय स्ववियु निर्वाचन नभएकाले सरकारसँग हामी परामर्श गरिरहेका छौं,’ उनले भने।

अधिकारीले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए। ‘विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ,’ उनले भने, ‘त्यसैले हामी जतिसक्दो चाँडो निर्वाचन गर्न आतुर छौं।’

निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी सङ्गठनसँग पनि निरन्तर छलफल गरिरहेको बताए। उनका अनुसार २०१९ सालबाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो। रासस

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑