
धनगढी– अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी टेबुल गर्ने विषयमा छलफलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। सरकारले बुधवार र शुक्रवार बसेको बैठकमा एमसीसी टेबुल गर्ने प्रयास गरेको थियो।

दलहरूबीच सहमति जुट्न नसकेपछि सामान्य कार्यसूची राखेर शुक्रवार प्रतिनिधि सभाको बैठक राखिएको थियो। विगतमा जस्तै बैठक शुरू हुनासाथ नेकपा एमालेले केहीबेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरे।
शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कानून मन्त्री दीलेन्द्र बडूले एमसीसी कार्यसूचीमा राख्न प्रस्ताव गरेका थिए। दलहरूबीच सहमति जुट्न नसकेपछि एमसीसी टेबुल गर्ने भाका आइतवारका लागि सरेको छ। संसदबाट अनुमोदनका लागि अमेरिकाले दिएको अन्तिम समय सीमा फागुन १६ ९फ्रेब्रुअरी २८० मा सकिँदैछ। सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दलको साथ खोजेका छन्। एमालेले भने आफ्ना माग पूरा नभई सदन चल्न नदिने बताएको छ।
माधव नेपाललगायत १४ जना सांसदमाथि पार्टीले गरेको कारबाहीअनुसार उनीहरूलाई पदमुक्त गर्न माग गर्दै एमालेले गत भदौ २३ गतेदेखि संसदमा निरन्तर विरोध गर्दै आइरहेको छ।
दिनेश खबर

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर