• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एमाले अध्यक्ष ओली एउटा गुटको नेता हो :युवा संघ अध्यक्ष शाहीको भनाई

खप्तड मालिका न्युज February 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया / बाजुरा : नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ को वडा कमिटी विस्तार कार्यक्रमलाई सम्वोधन गर्दै युवा संघका केन्द्रिय अध्यक्ष समेत रहनु भएका केन्द्रिय सदस्य शाहीले नेकपा समाजवादीलाई पैसा खाएर पार्टी फुटाएको भन्ने गलत अपवाह फैलाएकोमा आपत्ती प्रकट गर्नु हुँदै यस्तो बताउनु भयो । कार्यक्रममा आगामी वैसाख ३० गते हुने स्थानिय तहको चुनावमा समाजवादी पार्टीको जित सुनिश्चीत हुने बताउनुभएको छ ।
No description available.
उहाँले समाजवादी पार्टीबाट बर्तमान अध्यक्ष चिरन्जीवी शाही नै गाउँपालिकाको अध्यक्षको उम्मेद्धार भएको बताउदै शाही नेतृत्वको पुरै टिम नै विजयी हुने घोषणा गर्नुभयो । आज स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तीनको प्रथम वडा अधिवेसनले रत्न बहादुर शाही अध्यक्ष, चन्द्र बहादुर रोकाया उपाध्यक्ष, सविता विक महिला उपाध्यक्ष, दिप बहादुर शाही सचिव, जयलाल कडारा, काली बहादुर रोकाया सहसचिव रहने गरि ३७ सदस्यीय वडा कमिटी गठन गरेको छ । त्यस्तै कार्यक्रममा लक्ष्मण शाही अध्यक्ष, मनिका सिंह उपाध्यक्ष, रमिता विक सचिव, शंकर चदारा सहसचिव रहने गरि ३१ सदस्यीय युवा संघको वडा कमिटी समेत गठन गरिएको छ । अधिवेशनले युवा संघको जिल्ला कमिटीमा कल्याण चदारा र अनिल कामीलाई सिफारीस गरेको छ भने गाउँ कमिटीमा १८ जना सिफारीस भएका छन ।
आज अधिवेशनमा वडा कमिटीलाई नेकपा एकृकीत समाजवादीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीले सपथ ग्रहण गराउनुभयो भने युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य धर्मेन्द्र सिंहले युवा संघलाई सपथ ग्रहण गराउनु भएको थियो । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा स्वामीकार्तिकका सह इन्चार्ज सतल विकको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा एकृकीत समाजवादीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाही प्रमुख अतिथी रहनुभएको थियो । एकृकीत समाजवादीका प्रदेश कमिटी सदस्य तथा स्वामीकािर्तक खापर गाउँपालिकानका अध्यक्ष चिरन्जीवि शाही, जिल्ला कमिटी सचिवालय सदस्य कुवेर बहादुर सिहं, प्रदेश कमिटी सल्लाहकार समिती सदस्य नैन जंग शाही विशिष्ट अतिथी रनुभएको थियो भने जिल्ला कमिटी सदस्य जयविर कटेल, धर्म महतारा, कर्णसिंह कठायत, शंकर उपाध्याय, पशुपति रोकाया, नरपति कटेल, गम्म महतारा, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य विरेन्द्र रोकाया अतिथी रहनुभएको कार्यक्रमको सञ्चालन समाजवादी पे्रस संगठनका केन्द्रीय सदस्य अनिल शाहीले गर्नुभएको बताइएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑