• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

खुम्चिँदै खच्चड व्यवसाय

खप्तड मालिका न्युज February 17, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जुम्ला ५ फाल्गुन २०७८-कर्णाली राजमार्ग सञ्चालन आउनुअघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्य्राक्टर भनिन्थ्यो।

बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधन थिए। पछिल्लो समयमा गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय खुम्चिएको छ।

साँघुरो बाटोमा दुईतिर बोरा बोकाएर घण्टी बजाउँदै गाउँसम्म सामान ढुवानी गर्ने गरेको तिला ९ का खच्चड व्यवसायी मुनबहादुर थापाले बिर्सेका छैनन्। उनले अहिले पनि चार पाँच वटा पालेर नजिकैको सीतानगर बजारदेखि सामान लैजान्छन्। उनले भने, ‘पहिले खच्चड व्यवसाय निकै राम्रो थियो। तर अहिले सडक सन्जालको विस्तारसँगै खच्चड लोप हुने अवस्थामा पुगिसकेका छन्।’

ढुवानीका लागि उत्कृष्ट र भरपर्दो माध्यम भए खच्चड नै थिए। सवारीसाधनको प्रयोग र गाडी गुड्ने सडक बनेपछि खच्चडमा ढुवानी गर्दा निकै महंगो पर्र्न गयो। जसकारण किसानले खच्चड पाल्न छाडे। गुठीचौर गाउँपालिका–१ गडिगाउँका राजकुमार थापाले २०५९ देखि २०६६ सम्म खच्चडमा सामान ढुवानी गर्ने व्यवसाय थाले। उनको कमाइ पनि रामै्र भएको थियो। उनले कमाइसँगै सेवा पनि दिइरहेका थिए। तर पछि सडक सन्जाल विस्तारसँगै ढुवानीका लागि खच्चडको माग कम हुन थाल्यो।

अहिले त्यो व्यवसायबाट उनी अलग्गिए। उनले भने, ‘अहिले जब म खच्चड देख्छु। तब विगतको याद आउँछ। मलाई व्यवसायमा लाग्न प्रेरित गर्ने साधन नै खच्चड थिए।’ खच्चड व्यवसायले गरेको फाइदा उनका लागि भविष्य निर्माण गर्ने आधार बन्यो। अहिले उनले आफ्नो घरको सामान ढुवानी गर्नको लागि मात्रै खच्चड पालन गरेका छन्।

‘पहिले कर्णालीका विभिन्न हाटबजारबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगेपछि ढुवानीसमेत पाउँदैनन्। सबै ट्य्राक्टर, जिपले नै घरघरमा सामान पु¥याउँछन्। यसले गर्दा खच्चड पाल्न समेत धौधौ भएको छ,’ गुठीचौर गाउँपालिका २ कुडीगाउँका खच्चड व्यवसायी राजबहादुर बोहोराले भने, ‘खच्चड व्यवसाय निकै संकटमा छ।’

अहिले गाउँमा खच्चडलाई घाँस दाउरा बोकाउने, मोटर बाटो नपुगेको बस्तीसम्म सामान ओसार्न प्रयोग गर्ने, घर निर्माण गर्ने क्षेत्रमा ढुंगा खच्चडबाट बोकाउने कार्य गरिँदै आएको छ। कतैकतै जडीबुटी, मल, सिमी, आलु, मकै, दाउरा बोकाउने गरिन्छ। सस्तो र छिटो हुने भएपछि गाउँका व्यवसायीसमेत यातायातका साधनप्रति आकर्षित हुन थालेपछि खच्चड विस्थापित हुन थालेका हुन्।

‘खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं,’ राजबहादुरले भने, ‘खच्चड व्यवसाय धरापमा पर्दा निकै मर्का त छ। तर खच्चड पाल्न छोडिएको छैन।’ संघीय व्यवस्था कार्यन्वयनसंगै गाउँमा पुगेका सिंहदरबारले पाँच वर्ष सडकलाई नै प्राथमिकता दिए। जिल्लाको ८ पालिकामा रहेका ६० वडामा सडक जोडिएको छ। गुठीचौर– ३ का गंगाराम गिरीले भने, ‘ सडक सन्जालको पहँुच पुगेका क्षेत्रमा खच्चडको प्रयोग हुने कुरो भएन। अहिले त खच्चड व्यवसायबाट जीविकोपार्जन गर्ने नैे विस्थापित हुनुपर्ने अवस्था आइपुग्यो।’

यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑