• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 13, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रहरी जवान धामीकाे सेवाभाव: रक्तदानबाट सुत्केरीकाे जीवन रक्षा

खप्तड मालिका न्युज June 12, 2026 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: अप्रेशन गरेर बच्चा जन्माउँदा होस्,अथवा रक्तश्राव हुँदा यस बेला रगतको आवश्यकता पर्दछ।साथै कुनै गम्भीर प्रकारकाे दुर्घटना भएपछि अस्पताल पुर्‍याउँदा विरामीलाई तत्काल रगत आवश्यक पर्ने गर्छ।

तर बाजुरा जिल्लामा रक्त सञ्चार केन्द्र अर्थात् ब्लड बैंक नहुँदा बिरामीलाई बर्षेनी समस्या हुने पीडा यथावत् छ।यहाँको जिल्ला अस्पताल बाजुरा,काेल्टी आधारभूत अस्पताल काेल्टी लगायतका अस्पतालमा ब्लड बैंक नहुँदा रक्त अभावका विरामीलाई दिनहुँ समस्या हुँदै आएकाे छ।

याे समस्या केवल एक अस्पतालकाे मात्र नभई सिंगाे जिल्लाकै विकराल समस्याकाे रुपमा स्थापित रहेकाे छ।दिर्घकालिन ब्लड बैंक स्थापना हुन नसक्दा रक्त अभावका विरामीलाई सुरक्षाकर्मी,समाजसेवी र पत्रकारकाे भर पर्नुपर्ने बाध्यता छ।

यसैबिच, जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान आरती धामीले रक्तदान गरेर सुत्केरीकाे जीवन रक्षा गरेकी छन्।बाजुराको बडिमालिका नगरपालिका–९, गैरिबजार मार्तडी निवासी दिपेश विककी श्रीमती रमा विकलाई प्रहरी जवान धामीले रक्तदान गरेकी हुन्।

शिशु जन्माउने क्रममा विकले शिशुलाई जन्म दिई अत्यधिक रक्तस्राव भएपछि उनलाई रगतको अभाव भएको थियो।उपचारका क्रममा तत्काल रगत आवश्यक परेपछि तत्काल प्रहरी जवान धामीले अस्पतालमै गएर रगत उपलब्ध गराएकी हुन्।समयमै रगत उपलब्ध हुँदा सुत्केरी महिलाकाे ज्यान जाेगिएकाे हाे।

संकटको घडीमा प्रहरी जवान धामीले गरेको यस रक्तदानले मानवता र सेवाभावको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ।याे याेगदानले केवल नेपाल प्रहरी,शान्ति सुरक्षामा मात्र नभई मानवीय सेवामा पनि अग्रसर रहेको सन्देश समेत दिएको छ।प्रहरि जवान धामीकाे याे प्रशंसनीय कार्यकाे सबै प्रशंसा समेत गरेका छन्।

धामीकाे रक्तदानबाट सुत्केरी महिलाकाे उपचारमा सहज भएको अस्पताल स्रोतले जनाएकाे छ।परिवारजनले समयमै रगतकाे सहयाेग पुर्याएकाेमा प्रहरी जवान धामीप्रति आभार व्यक्त गरेका छन्।प्रहरी जवान धामीले ‘मानव जीवन बचाउनु’ सबैभन्दा ठुलाे धर्म भएकोले आवश्यक पर्दा रक्तदान गर्न आफू सधैं तयार रहने बताईन्।

प्रहरीकाे जिम्मेवारी केवल शान्ति सुरक्षा कायम गर्नु मात्र नभई मानवीय सेवामा पनि अग्रसर रहनुपर्छ भन्ने सन्देश धामीकाे यस कार्यले दिएकाे छ।‘रक्तदान नै जीवनदान हाे’ भन्ने भनाईलाई व्यवहारमा उतार्दै प्रहरी जवान आरती धामीले एक सुत्केरी महिलाकाे जीवन रक्षा गर्न महत्त्वपूर्ण याेगदान पुर्याएकी छन्।

बाजुरामा दिनहुँ रगतकाे समस्या भईरहँदा पनि अहिलेसम्म दिर्घकालीन आकस्मिक रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुन सकेकाे छैन्।आकस्मिक रक्त सञ्चार सेवा केन्द्र नाम दिएकाे केन्द्रमा समेत रगत अभाव छ।रक्त संकलन गर्न ल्याईएकाे डि-फ्रिज समेत जनशक्ति र प्राविधिककाे कमीका कारण थन्किएको छ।

गत २०८१ पुस २१ गते सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबिच ब्लड बैंक स्थापनाका लागि सम्झौता भएको थियाे ।सम्झौता भएको करिब डेढ एक बर्ष वितिसक्दा पनि दिर्घकालीन रुपमा समस्या समाधान गर्ने व्लड बैंक स्थापना भने हुन सकेकाे छैन्।

सम्बन्धित पोस्ट
  • रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन
  • आज सातवटै प्रदेशमा वर्षाको सम्भावना
  • सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह
  • शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रहरी जवान धामीकाे सेवाभाव: रक्तदानबाट सुत्केरीकाे जीवन रक्षा

    रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

    आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

    समाचार

    प्रहरी जवान धामीकाे सेवाभाव: रक्तदानबाट सुत्केरीकाे जीवन रक्षा

    रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

    आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

    सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

    शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑