
काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा बोल्दै बजेट कार्यान्वयन हुने आधार नदेखेको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिको साउथ एसियामा कुनै देश नै छैन कि जहाँ जिडिपीको ३२/३३ प्रतिशत बजेट । यो आफैमा एउटा ठुलो फुँकिएको बेलुन हो । फुँकिएको बेलुन लामे समय टिक्दैन। यो बजेट काजमा पनि हुन्छ । मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला।’
उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्न गर्दै भने, ‘युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो ? मैले बुझाउने क्षमता राख्दैन तर म व्यवहारिक क्षमता राखेको छु किनभने जनताको घरदैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ । गरिबले के पायो ? कर्मचारीले त पायो २१% पायो । तर, कर्मचारी कति प्रतिशत छ ?’
जेन-जी आन्दोलन युवाको विद्रोह रहेको बताउँदै उनले युवालाई रोजगारी हामी दिन नसकेको बताए । व्यापार घाटा धेरै भएको बताउँदै सांसद शाहले भने, नेपालको सबभन्दा ठुलो रोग र समस्या उत्पादन हो ।’

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर