• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 08, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

खप्तड मालिका न्युज June 8, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति बाजुराका निवर्तमान कार्यबहाक सचिव मीनबहादुर सिंहले सचिव पदमा सहमति बेगर नेतृत्व घाेषणा गरिएको बताएका छन्।पार्टीकाे प्रथम ऐतिहासिक जिल्ला सम्मेलनमा सचिव पदमा सहमति विना नै नेतृत्व घाेषणा गरिएको प्रति सिंहले असन्तुष्टि जनाएका हुन्।

साेमबार साँझ पत्रकार सम्मेलन मार्फत जानकारी दिदैँ सिंहले पार्टीमा याेगदान गरिरहेका व्यक्तिहरुलाई अवसर नदिई मनाेमानी र एकलाैटी तरिकाले नेतृत्व घाेषणा प्रति आफ्नाे घाेर आपत्ती रहेकाे बताएका हुन्।पार्टीकाे एकपक्षीय निर्णयप्रति प्रश्न उठाउँदै उनले यस्तो निर्णयले पार्टी संकटमा जाने जिकिर समेत गरे।

उनले पार्टीभित्र आफ्नाे योगदान,सक्रियतालाई बेवास्ता गर्दै सहमती विना नेतृत्व घाेषणा गर्नु याेगदानकर्ता माथी नै लात हानिएकाे प्रष्ट पारे।पार्टीले आफ्नाे लामाे समय देखिकाे संघर्ष,याेगदान र लगनशीलताकाे वेवास्ता गरेकाे आराेप समेत लगाए।नेतृत्वबाट बाहिर राख्नु उचित नहुने बताउँदै यसकाे मूल्य अवस्य कुनै दिन चुकाउनु पर्ने उल्लेख गरेका हुन्।

‘नयाँ शक्तिकाे दियालाे बाेकेर आएकाे पार्टीले पूरानै संस्कार देखाएकाे छ।राजनितीक शक्तिमा उदय पार्टीले नयाँ शाेच,विचार र आदर्शकाे भावना बाेकेर अघि बढ्नुपर्थ्याे। ’उनले भने,‘नयाँ शक्तिले नयाँ रुप दिने हाे।तर पूरानै शक्तिकाे जस्तो रुप दिन थाल्याे।व्यक्तिकाे संघर्ष र त्यागलाई
चिन्न सकेन्।पार्टी भित्रकाे मनाेमानी निर्णयले भविष्यमा ठुलाे संकट उत्पन्न गर्नेछ।’

सञ्चारकर्मीले गरेका विभिन्न प्रश्नकाे उत्तर दिदैँ उनले आफूले पदकाे लाेभ नगरि पार्टीलाई जिल्लामा अझै शसक्त र बलियाे बनाउन पदमा बस्न चाहेकाे तर पार्टीले उल्टै नेतृत्व बाहिर धकेलेकाे धारणा राखे।उनले सचिव पदकाे लागी गरिएको चयन प्रक्रिया पार्टीको विधान,र कार्यकर्ताको भावना विपरीत भएको उल्लेख गरे।विना जानकारी गरिएको निर्णय प्रति आफूले कानुनी उपचार खाेज्ने उनकाे भनाई थियाे।

पार्टीको याे निर्णयले आफू अन्यायमा परेकाे बताउँदै सिंहले
विधि र कानुनकाे मार्ग प्रशस्त रहेकाेले साे बाटाे अपनाउने धारणा राखे।‘आफ्नाे न्याय,हक अधिकारकाे लागी आफै लड्ने छु।पार्टी निर्माणमा आफ्नाे कति याेगदान छ,त्याे ईतिहासले बताउने छ।सहमति बेगरका निर्णयले कुनै सार्थकता दिदैन्।पार्टीमा याेगदानकाे मुल्यांकन र भावना सुन्ने प्रयास कत्ति हुन सकेन्।’उनले भने।

हरेक पार्टीभित्र याेगदान गरेका व्यक्तिकाे कदर हुनुपर्ने जिकिर गर्दै सिंहले संघर्षकाे अवमूल्यन गर्न नहुने बताएका थिए।रास्वपाकाे अधिवेशनबाट पुनः नवराज जैशी सभापति रहने गरि ९ सदस्यीय कार्य समिति चयन गरिएको हाे।जसमा समिति उपभापतिमा पूर्णलाल पाण्डे, सचिव विक्रम गुयाल, सहसचिव विर्ख विष्ट र कोषाध्यक्ष सिता बुढा ( ओली) सर्वसम्मत रुपमा चयन गरिएका हुन्।

सचिवका आकांक्षी गुयालसँगै निवर्तमान कार्यवाहक सचिव मीन बहादुर सिंहले असन्तुष्टी जनाएका थिए । तर पार्टीको जिल्ला कार्य समितिको सचिव पदमा असन्तुष्टिका विच पनि नयाँ कार्य समिति घोषणा गरिएको थियाे।यहि पदलाई लिएर अहिले चर्काचर्की चलेकाे हाे। सचिव पदलाई लिएर देखिएको असन्तुष्टिले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेकाे छ।

सम्बन्धित पोस्ट
  • शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग
  • कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

    शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    समाचार

    सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

    शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑