• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 08, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग

बडीमालिका नगरपालिका नगर अनुदान शिक्षक नगर प्रमुख समक्ष माग पत्र बुझाउँदैः तस्वीरःगोविन्द्र राज तिमिल्सेना
खप्तड मालिका न्युज June 8, 2026 मा प्रकाशित (९ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः हरेक विद्यालयको शैक्षिक उपलब्धि र समुदायको शिक्षालाई गुणस्तरीय बनाउन र लापरबाहीबाट जोगाउन नगर अनुदान शिक्षकको महत्त्वपूर्ण भूमिका रहने गर्छ।शिक्षक सबै समान भए पनि हेर्ने नजरिया र दृष्टिकोणमा भने फरक भेटिन्छ।

शिक्षक ज्ञाप,सीप,मूल्य र व्यवहार सिकाउने तथा मार्गदर्शन गर्ने व्यक्ति हो।नगर अनुदान शिक्षकको तलबभत्ता संघीय सरकारको स्थानीय दरवन्दीबाट नभई सम्बन्धि पालिकाको बजेटबाट हुने गर्छ।नगर अनुदान शिक्षकहरुले आ-आफ्नो स्थानीय तहमा पटकपटक नेपाल सरकारले तोके बमोजिम आधारभूत सेवा सुविधा उपलब्ध गराउन माग गरे पनि उनीहरुको मागको सम्बोधन भने हुन सकेको छैन्।

यसैबिच बाजुराको बडीमालिका नगरपालिकाका नगर अनुदान शिक्षकहरुले विभिन्न माग सहित नगरपालिकामा माग पत्र पेश गरेका छन्।सोमबार बडीमालिका नगर अनुदान शिक्षक समिति संयोजक राजेश कुमार खत्री लगायत पालिकाका नगर अनुुदान शिक्षकहरुले नगर प्रमुख अमर बहादुर खड्का समक्ष चार बुदे माग पत्र पेश गरेका हुन्।

पालिकामा कार्यरत नगर अनुदान शिक्षकले विगत ७ बर्ष देखि तोकिएको न्युनतम ज्यालामा काम गरिरहेकोले आगामी आर्थिक बर्ष २०८३ को बजेट अधिवेशनमा आवश्यक बजेट विनियोजन गरि समस्या समाधान गर्न माग गरेका छन्।नगर अनुदान शिक्षकलाई प्रा।विरनि।मा।विरमा।वि तहमा कार्यरत शिक्षक शिक्षिकालाई नेपाल सरकारले तोके बमोजिमको आधारभूत सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गरेका हुन्।

उनीहरुले अनुदान शिक्षकहरुले जति खटिएर काम गरे पनि श्रेय अरु शिक्षकलाई जाने हुँदा यसमा समेत गम्भीर हुन आवश्यक रहेको औंल्याए।त्यस्तै नगर अनुदान शिक्षकलाई सामाजिक सुरक्षाकोषमा अनिवार्य आबद्ध गराउँदै सो रकम पालिकाले बराबर उपलब्ध गराई नगर अनुदान शिक्षक अवकाश हुँदा बखत उक्त रकम पालिकाबाटै उपलब्ध गराउन माग गरिएको नगर अनुदान शिक्षक समिति संयोजक राजेश कुमार खत्रीले बताए।

शिक्षण सिकाईलाई थप गुणस्तर तथा आधुुनिक शिक्षण प्रविधिमैत्री बनाउनका लागी सबै प्रकारका शिक्षकहरुलाई पूर्व सेवाकालिन र सेवाकालिन शैक्षिक तालिममा समावेश गराउन माग गरिएको संयोजक खत्रीको भनाई छ।त्यस्तै नेपाल सरकारले तोके बमोजिमको महंगी बाफतको रकम उपलब्ध गराउन समेत उनिहरुले माग गरेका छन्।

नगर अनुदान शिक्षक बलवान अएडीले,स्थानीय सरकारले आफ्ना कर्मचारी भर्ना गरिसके पछि एक श्रमिक व्यक्तिले आफ्नो काम अनुसारको पारिश्रमिक र उसले पाउने आधारभूत आवश्यकता,सरकारी सेवा,सुविधा उपलब्ध गराउनु सो सरकारको दायित्व भएकोले सबै कुराहरुलाई ध्यानमा राखेर आवश्यक कानुन निर्माण गरि कार्यान्वयनमा ल्याउन आवश्यक रहेको कुरामा जोड दिए।

माग पत्र बुझ्दै नगर प्रमुख अमर बहादुर खड्काले नगर अनुदान शिक्षकका समस्या नजिकबाट बुझेको बताउँदै समस्या समाधान गर्नतर्फ पालिका प्रतिबद्द रहने जिकिर गरे।अन्य पालिकाको तुलनामा नगर अनुदान शिक्षक तुलनात्मक रुपले बढी भएकोले उनीहरुको सेवा,सुविधामा कठिनाई भईरहेको उनले बताए।

कार्यपालिका बैठक,बजेट तर्जुमा समितिमा यसबारे विस्तृत छलफल गरे अघि बढ्ने प्रतिबद्दता व्यक्त गरे।‘बर्षपिच्छे पटकपटक माग पत्र बुझाउँदा पनि समस्या समाधान किन हुन सकेन्’’? भन्ने पत्रकारकोे प्रश्नमा उनले,यसमा सबैभन्दा समस्या बजेट रहेको उल्लेख गरे।बजेट अभावकै कारण न्युनतम सेवा-सुविधामा समेत समस्या भईरहेको प्रष्ट पारे।

उनले पालिकाको शिक्षा क्षेत्रको विकासमा,आवश्यक पूर्वाधार,आईटी क्षेत्रमा लगानी,शिक्षा नीति,विद्यालमा स्मार्ट बोर्ड,विद्यालय तह समायोजन,विभिन्न शैक्षिक तालिमका साथै मार्तडीमा अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय बनाउने योजना अघि सारिएको जिकिर गरे।माग पत्र हस्तान्तरणमा अन्य शिक्षकहरुले शिक्षकको मनोेवल उच्च भएमा मात्रै विद्यालयको शैक्षिक उपलब्धि सुधार गर्न सकिने बताएका थिए।

शिक्षा क्षेत्रको सुधारको लागी हरेक शिक्षकको हक,हित र सेवा,सुविधालाई प्राथामिकतामा राख्नुपर्ने धारणा राखेका थिए।बडीमालिका नगरपालिकामा माध्यामिक तहमा १२, निम्न माध्यामिक तहमा २५ र आधारभूत तहमा १९ जना गरेर जम्मा ५६ जना नगर अनुदान शिक्षक रहेको नगरपालिकाले जनाएको छ।तिनिहरुको तलबमा मात्रै बर्षेनी अनुमानित डेढ करोड खर्च हुने गरेको छ।

सम्बन्धित पोस्ट
  • सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह
  • कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

    शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    समाचार

    सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

    शैक्षिक उपलब्धिमा नगर शिक्षकः आधारभूत सेवा-सुविधामा जोड दिन माग

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑