
बाजुरा: बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न भएको छ। जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको हाे।
जिल्लाका अन्य ७ पालिकालाई पछाडि पार्दै २० स्वर्ण सहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो।बडिमालिकाले २० स्वर्ण,२० रजत र ११ कास्य सहित कुल ५१ पदक प्राप्त गर्दै उपाधी आफ्नाे कब्जामा पारेकाे हाे।

त्यस्तै प्रतियाेगितामा १८ स्वर्ण १२ रजत १७ कास्य सहित कुल ४७ पदक प्राप्त गर्दै बुढिनन्दा नगरपालिका द्वितिय भएको हाे।१५ स्वर्ण १८ रजत र १७ कास्य सहित कुल ५० पदक प्राप्त गर्दै खप्तड छेडेदह गाउँपालिका तृतीय भएको छ।
प्रतियाेगितामा ९ स्वर्ण ७ रजत र ७ कास्य सहित २३ पदक प्राप्त गर्दै बुढिगंगा नगरपालिका सान्त्वना भएको आयोजक जिल्ला खेलकुद समिति बाजुराले जनाएको छ।त्यस्तै गाैमुल गाउँपालिकाले २ स्वर्ण,५ रजत १४ कास्य,स्वामिकार्तिक खापर गाउँपालिकाले २ स्वर्ण,५ रजत ५ कास्य पदक प्राप्त गरेका छन्।
जगन्नाथ गाउँपालिकाले २ स्वर्ण,० रजत र ३ कास्य,त्यस्तै हिमाली गाउँपालिकाले ० स्वर्ण,० रजत र ३ कास्य पदक प्राप्त गरेकाे छ । १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा त्रिवेणी नगरपालिका अनुपस्थित रहेकाे खेलकुद विकास समितिले जनाएको छ।
गत बर्षकाे जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित उपाधी हात पारेकाे बडीमालिकाले यस बर्ष समेत आफ्नो विरासत जाेगाएकाे छ।बर्षौदेखि जिल्ला स्तरीय रनिङ शिल्डको उपाधि जित्दै आएको बडीमालिकाले २०८० मा भने आफ्नाे बिरासत जोगाउन सकेकाे थिएन्।
वैशाख ८ गतेदेखि सदरमुकाम मार्तडीस्थित मालिका नुमना माविकाे खेल मैदानमा सम्पन्न भएको रनिङ शिल्ड आज सम्पन्न भएको हाे।प्रतियोगितामा विजेता र उपविजेता पालिकाका टिम र सहभागी खेलाडीहरु तथा प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियाे।खेलमा इमान्दारीता र अनुशासन पालिकाको रुपमा खप्तड छेडेदह गाउँपालिकाले उपाधी पाएको हो ।
जिल्लास्तरीय १७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता स्वामिकार्तिक खापर गाउँपालिकामा हुने भएको छ।गाउँपालिकाले १६ औं राष्ट्रपति रनिङ शिल्ड समापन कार्यक्रममा झण्डा उचाल्दै गाउँपालिकामा आउँदाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता गर्ने जनाएको हाे।
१६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा छात्र भलिवल तर्फ शैलेश सिंह उत्कृष्ट खेलाडी बनेका हुन्। त्यस्तै छात्रा तर्फ गंगा राेकाया उत्कृष्ट खेलाडी बनिन्।कबड्डी छात्रतर्फ अनुप थापा,छात्रातर्फ सविना राेकाया उत्कृष्ट खेलाडी बने।
त्यस्तै एथलेटिक्स छात्र तर्फ ४ स्वर्णसहित बडीमालिकाका दिनेश बम र छात्रातर्फ ३ स्वर्णसहित खप्तड छेडेहद गाउँपालिकाकी लेजिना खड्का उत्कृष्ट खेलाडी बनिन्।प्रतियाेगितामा उदयमान खेलाडीकाे रुपमा गाैमुल गाउँपालिकाकी सिर्जना बाेहरा बनेकी हुन्।











खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर