
बाजुुरा: निजी वा संस्थागत सञ्चार माध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

महासंघले तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयविरुद्ध विरोध जनाउँदै केन्द्रीय सर्कुलर अनुसार,सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्णय सञ्चाउन माग गरेको हो ।
पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंह,सचिव प्रेम बहादुर रौले लगायत महासंघको टोलीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाईएका हुन्।केन्द्रीय सर्कुलर र परिपत्र अनुसार,बाजुरा शाखाले समेत सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले जानकारी दिए।
सरकारको निर्णय प्रेस स्वतन्त्रता, संविधानको भावना र खुला बजार अर्थनीति विपरीत रहेको ठहर गर्दै महासङ्घले बाजुरा सहित देशभर ज्ञापनपत्रका साथ दबाबमूलक अभियान सुरु गरेको पत्रकार महासंघ बाजराका अध्यक्ष पदम बहादुर सिंहले बताए।
सरकारको यो निर्णयले कतिपय श्रमजीवी पत्रकारलाई समस्यामा पारेको र उनीहरुको रोजीरोटी खोसिएको उनको भनाई छ।पत्रकार महासंघ बाजुरा र जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको उपस्थितिमा सिडियो मार्फत प्रधानमन्त्रलाई ज्ञापनपत्र बुझाईएको हो।
सबै सञ्चार माध्यमलाई समान व्यवहार गरि विज्ञापन प्रशारण तथा प्रकाशनमा सहयोग पुर्याउन आग्रह गरिएको हो।सरकारको यो निर्णयले निजि सञ्चार माध्यम धरासय हुने महासंघको ठहर छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गत चैत १८ गते भएको सचिवस्तरीय निर्णय र जारी परिपत्रले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने व्यवस्थाप्रती महासंघले आपत्ति जनाएको छ।
यसअघि चैत २३ गते केन्द्रीय कमिटीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा पनि सरकारले चासो नदेखाएपछि महासङ्घले देशरभर चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर