
बाजुरा: चैत १९ गतेदेखि देशैभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ काे लागी बाजुरा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परिक्षाकाे लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।

यस वर्ष जिल्लाभरबाट नियमित तर्फका २ हजार १ सय २६ र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल २ हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख टिकाराम जाेशीले बताए ।
उनका अनुसार,एसइई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएका जानकारी दिए।विगत बर्ष झै यस वर्ष पनि परीक्षालाई स्वच्छ,भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पुर्ण तयारीमा पूरा भएको बताएका छन्।
परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्षका लागी अभिमुखिकरण तालिम समेत प्रदान गरिएको छ।साथै परीक्षालाई भरपर्दाे र पारदर्शी बनाउन सहायक केन्द्राध्यक्ष,निरीक्षक र अन्य कर्मचारीहरूको समेत व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।
अहिले सरकारले नै कडा नियम लागू गरे संगै परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर परीक्षा केन्द्रमा कडा सुरक्षाकाे व्यवस्था गरिने भएको हाे।कार्यालयका सूचना अधिकारी लालबहादुर विष्टले परिक्षाकाे केन्द्रमा कसैले पनि मर्यादा विपरीत कार्य गरेमा कार्वाही गरिने समेत बताए छन्।
‘पछिल्ला बर्षहरुका परिक्षामा सुधार हुदैँ गएकाे छ। अझै थप सुधारकाे निमित्त परीक्षा स्वच्छ र मर्यादित बनाउन हामी कटिबद्ध हुने छाैँ,विष्टले भने,‘सामूहिक अनुगमनमा समेत कडाई गरिनुका साथै केन्द्रमा निगरानीलाई उच्च प्राथामिकता दिईनेछ।’
जिल्लामा उत्तरपुस्तिका,प्रश्नपत्र लगायत परीक्षाका सामग्री जिल्लामा पुगिसकेको कार्यालयले जनाएको छ। बाजुरामा २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए ।
त्यस्तै २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर