
बाजुरा: बाजुराबाट यस बर्ष २ हजार ४ सय २६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन्।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुई हजार ४२६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

परिक्षाका लागी नियमित तर्फका २ हजार १ सय २६ र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल २ हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने भएका हुन्।एसइई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएका छन्।
गत वर्षझैँ यस वर्ष पनि परीक्षालाई स्वच्छ र सभ्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्रमुख टिकाराम जाेशीले बताएका छन् । बाजुरामा भानाेदय मावि नाैविसमा १६५ जना,जनप्रकाश मावि काेल्टीमा १९२,शम्भुशुनन्दा मावि जुकाेटमा १४७,मालिका मावि मार्तडी (क) परिक्षा केन्द्रमा ९६ जना सहभागी हुने छन्।
त्यस्तै मष्टेश्वरी मावि डाेगडीमा १ सय २२,त्रिशक्ती मावि बाह्रविसमा २०९,किर्तिचाैर मावि मानाकाेटमा १३५,स्वामिकार्तिक मावि वाईमा २३८,पशुपति मावि ताप्रामा १ सय,रत्न मावि सेलिफालमा १ सय ६२,कैलाश मावि महतीमा ६०,ताेलीदेवल डाँडा मावि ताेलीमा १७९, दशरथ मावि आटीचाैरमा १९८ जना परिक्षार्थी सहभागी हुनेछन्।
शैलेश्वरी मावि फैतीमा ४५,सत्यवादी मावि भाैनेरामा १९०,भवानी मावि धुलाचाैरमा ७३ र मालिका मावि (ख) परीक्षा केन्द्रमा प्राविधिक धारतर्फका १०९ र २०७९ सालमा नियमित सहभागी भई २०८२ मा ग्रेडबृद्वीतर्फ पूराना प्रश्नपत्रकाे परीक्षामा सहभागी ६ जना छन्।
जिल्ला भरबाट कुल २ हजार ४ सय २६ जना सहभागी हुने भएका हुन्।यस वर्षको एसइई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुदैँछ।
सूचीसहित 




खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर