• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 13, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

खप्तड मालिका न्युज February 12, 2026 मा प्रकाशित (१४ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ :  कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।

लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनको हार खेपेको थियो ।

जितका लागि एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको इटालीले १२।४ ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको हो । इटालीका लागि ओपनर दाजुभाईद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले एक सय २४ रनकै साझेदारी गर्नुभयो ।

जस्टिनले ६० र एन्थोनीले ६२ रन बनाउनुभयो । इटालीले दुई रन अतिरिक्त पाएको थियो । जितसँगै इटालीले समूह जस्टिन डी’ मा दुई अङ्क बनाएको छ । नेपाल अङ्कबिहीन छ ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाउनुभयो । उहाँले २४ बलमा तीन चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै कप्तान रोहित पौडेलले २३ रन बनाउनुभयो । उहाँले १४ बलमा दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

ओपनर आशिफ शेखले २० रन जोड्टा अर्का ओपनर कुशल भुर्तेल पाँच रनमा आउट हुनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउनुभयो । लोकेश बम र गुल्शन झा तीन तीन रन जोड्दै पेभेलियन फर्किनुभयो ।

त्यसपछि करण केसीले अविजित १८ रन बनाउनुभयो । सन्दीप लामिछाने पाँच रन तथा नन्दन यादव र ललित राजवंशी शुन्य रनमा रन आउट हुनुभयो । ललितले विश्वकपमा डेब्यू गर्नुभएको हो । अघिल्लो संस्करणमा नेपालको १५ सदस्यीय टोलीमा रहेपनि उहाँले खेल्न पाउनुभएको थिएन ।

बलिङमा इटालीका क्रिशन कालुगामेजले तीन विकेट लिनुभयो । बेन मनेन्टीले दुई तथा अलि हसन, जेजे स्मुथ र जसप्रित सिंहले एक एक विकेट लिनुभयो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र इटालीबिच पहिलो पटक भिडन्त भएको हो । यस्तै इटालीले पहिलो पटक टी–२० विश्वकप खेलेको हो । नेपाल र इटालीबिच १३ वर्ष अगाडि एक दिवसीय खेलमा भने प्रतिस्पर्धा भएको थियो । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ को उक्त खेलमा नेपालले इटालीलाई आठ विकेटले हराएको थियो ।

नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा हाल वेस्ट इन्डिजले लगातार दुई खेल जित्दै चार अङ्क बनाएको छ ।

इङ्ल्यान्ड र स्कटल्यान्डको दुई दुई अङ्क छ । अब नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वनखेडे स्टेडियममै खेल्ने छ ।

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।

 

सम्बन्धित पोस्ट
  • आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
  • २९ माघ, २०८२ – बिहिवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
  • फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

    २९ माघ, २०८२ – बिहिवार – आजको राशिफल

    समाचार

    आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

    पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

    फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

    आज देशभरको मौसम कस्तो रहला ?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑