• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

मेलम्ची मुहानका ठूला ढुङ्गा हटाउन सेनासँग मागियो सहयोग

खप्तड मालिका न्युज February 15, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

३ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजना पुर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ । ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला-ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रकुरमा पन्तका अनुसार ठेकदारसाग उपलब्ध यन्त्र उपकरणले ठूला ढुङ्गा फुटाएर हटाउन सक्ने अवस्था नदेखिएको बताए । ‘निकै ठूला ढुङ्गा भएकाले त्यसलाई फुटाउन विष्फोटक पदार्थ नै चाहिन्छ,’ उनले भने,’त्यसैले सेनासँग हामीले आवश्यक पर्ने विष्फोटक पदार्थ मागेका हौं ।’

गत वर्षायाममा बाढी र पहिरोका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर हामी नयाँ वर्षसम्ममा काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सेनाको सहयोग अपरिहार्य देखिएको पन्तले बताए । आयोजनाबारे यअसघि असोजमा भएको समन्वय बैठकमा सेनाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने छ । त्यो खोल्नासाथ सुरुङको मा यसअघि भरिएको पानी बाहिर फाल्न सकिन्छ ।

सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने आयोजनाले बताएको छ । हेडवर्क र डाइभर्सन टनेल तर्फ पनि यसगरी काम गर्नुर्पा । प्रवक्ता पन्तका अनुसार डाइभर्सन टनलेको मुख भेटिइसकेको छ ।

अम्बाथान अडिटको लम्बाइ २९८ मिटर छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी-बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ ।

अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान छ । उनका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ ।

मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ ।

सुरुङको मुख खोल्नासाथ सफाइको काम गरिहाल्न सकिने आयोजनाको विश्वास छ । मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ झन्डै तीन/चार लाख घनमिटर लेदो रहेको अनुमान छ ।

हेडवर्क्समा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ ।

अहिले पहिलकै जसरी अस्थायी बाँध बनाएर सुरुङमा पानी हाल्ने योजना काम भइरहेको छ । अब मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ ।

मेलम्चीमा थुपि्रएको ढुंगामाटो हटाउन सिनोले करिब ३२ करोड रुपैयाँ ठेक्काको भेरिएसनबापत पाएको छ । आयोजनाले मन्त्रिपरिषदबाट ठेक्काको भेरिएसन गर्ने स्वीकृति पाएको थियो ।

पुस मसान्तमा बसेको मन्त्रिपरिषद बैठकले विशेष परिस्थितिको कारण देखाएर मेलम्चीको ठेक्काको अवधि र मूल्य थप्न दिने स्वीकृति दिएको थियो ।

चालु आर्थिक वर्षको बजेट व्यक्तव्यमा सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउनले घोषणा गरेको थियो ।

१ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि पहिल्यैको ठेकदार सिनोलाई काम दिने बाटो खोल्न समितिले सरकारसँग प्रस्ताव गरेको थियो । सिनोसँग बाँधस्थल निर्माणका लागि भएको खरिद सम्झौताको अवधिको थप ५० प्रतिशत अवधि पनि म्याद थप भइसकेको थियो । कानुनी सीमाका कारण समितिले म्याद थप गर्न नसक्ने भएपछि मन्त्रिपरिषदको स्वीकृतिमा सिनोलाई म्याद थप गरेर साइटमा पठाउन लागिएको हो । सरकारले २०७६ असोजमा सिनोसँग १५ महिनामा काम सक्ने गरी बाँधस्थल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले नदीले पुरेको मुहानस्थल सफा गर्ने कामका लागि पुरानै ठेक्का भेरिएसन गरेर काम लगाएको हो । सिनोले हाको भेरिएसनबाट काम गरेपछि पुरिएका आयोजनाको संरचनाहरु बाहिर निकालिने र अवस्था हेरेर बाँकी काम निक्र्याेल गरिने छ । संरचना ठीकठाक रहेछन् भने थप काम खासै गर्नु पर्दैन, तर त्यहाँ समस्या रहेछ भने ठेक्कामा थप भेरिएसन गर्नुपर्ने हुनसक्छ ।

वैशाखसम्म पुनर्स्थापनाको आधारभूत काम सकिए पनि आगामी वर्षायाममा फेरि बाढीको जोखिम हुने भएकाले पानी रोकेर सुरुङ बन्द राख्नुपर्ने आकलन छ । यो वर्ष काम नसकिएमा निर्माणको काम फेरि अर्को वर्षको दशैंपछिको समयका लागि लागि धकेलिने जोखिम छ । सरकारले आफ्नै स्रोत प्रयोग गरेर आयोजना पुनर्स्थापित गर्नुपपर्ने अवस्था छ ।

करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले १५ चैत २०७७ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिसकेको थियो । तर, सुरुङको सुपरीवेक्षण गर्न बन्द गरिएकै दिनमा मेलम्ची नदीमा १ असार, २०७८को बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाएको थियो । १५ साउन २०७८को राति फेरि मेलम्चीमा लेदोसहतिको ठूलो बाढी आएपछि झन् चुनौती थपिएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑