• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काेल्टीमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट ४ हजार बढि लाभान्वित

खप्तड मालिका न्युज November 13, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:  बुढिनन्दा नगरपालिका काेल्टीमा सञ्चालित नि: शुल्क स्वास्थ्य शिविरबाट ४ हजार बढि लाभान्वित भएका छन्। दुर्गमका नागरिककाे स्वास्थ्यलाई मध्येनजर गर्दै सञ्चालन गरिएको शिविरमा ४ हजार २ सय १९ जनाले सेवा लिएका हुन्।

दुर्गमका नागरिककाे स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै एक एक पाइला,गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा सञ्चाललित शिविरबाट ४ हजार २ सय १९ जनाले सेवा लिएकाे बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए ।
उनका अनुसार,शिविर सञ्चालनबाट दुर्गमका नागरिककाे स्वास्थ्य उपचारमा ठुलाे सहयाेग पुगेकाे बताए । माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकाेट लगातय १७ पालिकाका नागरिक शिविरबाट लाभान्वित हुने भएको उनले जानकारी दिए ।

कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको तिनदिने स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए।शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया,नाक, कान र घाँटीका १९ जनाको अपरेसन गरिएको छ। साथै, १८० जना बिरामीमा हड्डी खिएको र जालीमा प्वाल परेको समस्या फेला परेकाे समस्या थियाे।

बुढिन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहोराले एकएक पाइला नेपाल र गेँटा अस्पताल तथा निशुल्क स्वास्थ्य शिविरमा अमुल्य योगदान दिने ३५ जना विशेषज्ञ डाक्टरहरुलाई धन्यवाद दिदै आगामी दिनमा साथ र सहयोगको अपेक्षा सहित धन्यवाद दिएका हुन्।

नि:शुल्क स्वास्थ्य शिविरमा आँखा रोग सेवा ( मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया) जेनेरल मेडिसिन, छाला रोग सेवा,नाक, कान, घाँटी रोग सेवा,स्त्री तथा प्रसुती रोग ,दाँत रोग सेवा,सामान्य शल्यक्रिया सेवा,कलेजो रोग ,हाड तथा जोर्नी रोग सेवा,बाल रोग ,प्याथोलोजी सेवा, रेडियोलोजी , इन्डोस्कोपी सेवा र फार्मेसी लगायतका सेवाहरु प्रदान गरिएकाे थियाे।

काेल्टी आधारभूत अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा प्रदान गर्दै आएकाे छ । दुर्गमका नागरिकलाई सहज रुपमा सेवा प्रदान गरेकाेमा काेल्टी अस्पताललाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत समेत गरिएको थियाे। कोल्टी आधारभुत अस्पतालमा अहिले स्त्रीरोग विशेषज्ञ, ओटी नर्स, डिजिटल एक्स–रे, रक्तसञ्चार सेवा, एनेस्थेसिया, फार्मासिस्ट, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, अप्थाल्मिक असिस्टेन्ट लगायतका जनशक्ति छन्।

गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे, प्रयोगशालाको डिजिटलीकरण, अनलाइन प्रतिवेदन प्रणाली, डिजिटल बिलिङ सेवा जस्ता आधुनिक सुविधा सुरु भएका छन्।जुन नगरपालिकाको पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा यस्ता सेवाहरु सूचारू भएका हुन्।प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको कोल्टी अस्पताल अहिले आधारभूत अस्पतालमा परिणत भएको छ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑