• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सागर र विवेकको नेपाली क्रिकेट टोलीमा डेब्यू

खप्तड मालिका न्युज February 11, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 (हाम्रो खेलकुद) – युवा स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानविरुद्ध नेपाली क्रिकेटका लागि डेब्यू गरेका छन् ।
खेलको लागि टस ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउन्डमा केहि समयमा हुँदै छ । टस अघि नेपालले विवेक यादव र सागरलाई डेब्यू दिएको हो । बायाँ हाते युवा स्पिनर सागर ढकालले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । असोजमा सम्पन्न इपिएलमा कमजोर मानिएको चितवन टाइगर्सलाई च्याम्पियन बनाउन सागर ७ खेलमा १४ विकेटका साथ शीर्षस्थानमा रहँदै प्रतियोगिता उत्कृष्ट खेलाडी चुनिएका थिए । २०१८ सेप्टेम्बरमा यू–१९ एसिया कप तयारीको लागि भारतको लखनउमा चार देश सम्मिलित एक दिवसिय खेलमा अफगानिस्तानलाई २५ रनले हराउँदा सागरले १० ओभरमा ३ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिएका थिए ।मलेसियामा २०१९ मा जुलाई सम्पन्न एसिसी इस्टर्न रिजनमा नेपाललाई उपाधि जिताउन सागर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनले ४ खेलमा १५ विकेट लिएका थिए । फाइनलमा हङकङविरुद्ध ५ र समूह चरणमा चीनविरुद्ध ६ विकेट लिएका थिए । २०१९ को डिपिएलमा महेन्द्रनगर युनाइटेडलाई फाइनल सम्म पुर्याउन ६ खेलमा ११ विकेट लिएका थिए ।
युवा अलराउन्डर विवेक यादव आक्रामक ब्याटिङका लागि चिनिन्छन् । पछिल्लो एक वर्षयता विवेकले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । विवेक आक्रामक ब्याटिङसँगै पार्टटाइममा तीव्र गतिको बलिङ पनि गर्ने गर्दछन् ।
इपिएलमा पोखरा राइनोजलाई फाइनल सम्म पुर्याउन विवेकको योगदान महत्वपूर्ण थियो । चितवसँग विवेकले जिम्मेवारी इनिङ खेल्दै ४५ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनको अविजित थिए । काठमाडौं सँगको निर्णायक खेलमा उनले तीन विकेट र ४१ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको कप्तानी गर्दै प्रदेश १ विरुद्ध विवेकले ७१ बलमा ४ चौका र ६ छक्कासहित ७० रनको इनिङ खेलेका थिए । बागमती प्रदेशविरुद्ध ७३ बलमा ६ चौका र ७ छक्कासहित ८६ रनको अविजित इनिङ खेलेका थिए । डिसेम्बरमा युएईमा भएको यू–१९ एसिया कपमा विवेकले श्रीलंकाविरुद्ध २९ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनको इनिङ खेलेका थिए । मधेश प्रदेशबाटनै लुम्बिनी प्रदेशविरुद्ध विवेकले १० औं नम्बरमा ब्याटिङ गर्दै २४ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा अविजित रहे ।
एक वर्षअघि विवेकले काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा दुई लगातार उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । पहिलो खेलमा लुम्बिनीसँग आठौं नम्बरमा ब्याटिङ गर्दै ४९ बलमा ३ चौका र ३ छक्का सहित ५१ रन जोड्दै आउट भए। बागमतीविरुद्ध नवौं नम्बरमा ब्याटिङ गर्दै विवेकले ७४ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएका थिए ।
आइसिसी टि२० विश्वकप ग्लोबल छनोट अघि तयारी स्वरुप हुन लागेको यस सिरिज दुवै टोलीको लागि महत्त्वपूर्ण छ । ओमान र नेपाल विश्वकप छनोटमा एकै समूहमा हुँदा यस नतिजाले मनोबलमा ठूलो प्रभाव पार्ने देखिन्छ । नेपालको कप्तान सन्दीप लामिछाने र ओमानको जिशान मकसुदले कप्तानी गर्ने छन् । युवा जोश र जागँरले भोरिएको नेपाल ओमानलाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ । ओमान घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै नेपालमाथि सहज जित हात पार्न खोज्नेछ ।सन्दीपले कप्तानीमा डेब्यू गर्दैछन् । सन्दीप नेपालका लागि कप्तानी गर्ने १० औं कप्तान हुन् । टि२० आईमा पारस खड्का, ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी बन्नेछन् । सन्दीप, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । जतिन्दर, मकसुद र बिलाल ओमानका प्रमुख हतियार हुन् ।
नेपालमा खेलको प्रदर्शन हिमायल टिभी, युटुबमा ओएसआर स्पोर्ट्स र दराज एप्सबाट हेर्न सकिने छ । आइसिसी लाइभ र फ्यान कोर्डबाट विदेशमा हेर्न सकिनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर) , दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।
ओमानको टोली :
जिशान मकसुद (कप्तान), जतिन्दर सिंह, कश्याप प्रजापति, शोहिब खान, मोहम्मद नदिम, अयान खान, नेस्टर धम्बा, सन्दीप गौड, नसिम खुशी (विकेटकिपर), खवर अली, अमिर कलिम, फयाज बट, कलिमुल्लाह, विलाल खान र खुर्मान नवाज ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    समाचार

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑