• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सुदूरपश्चिमका इँटा उद्योगमा २० करोडको क्षति, पलायन हुने अवस्थामा व्यवसायी

खप्तड मालिका न्युज February 11, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी : सुदूरपश्चिममा इँटा उत्पादन ठप्प भएको छ। इँटा उत्पादनको मुख्य सिजनमा वर्षा हुँदा उत्पादन ठप्प भएको हो। जसका कारण इँटा व्यवसायीलाई ठूलो क्षति भएको छ। कैलाली र कञ्चनपुरका ८० इँटा उद्योगको मात्र २० करोड बढीको क्षति भएको बताइएको छ। हिउदे वर्षा र खराब मौसमका कारण एक उद्योगमा झण्डै २५ देखि ३० लाख सम्मको क्षति भएको छ। उत्पादनको तयारीमा रहेका तथा काँचो इँटा बर्सातको पानीले नष्ट भएकाे नेपाल इँटा उद्योगका सञ्चालक मायाराम चौधरीले बताए।उनले ४ महिनादेखि उत्पादन नै गर्न नपाएकाे बताए। उनले भने, ‘याे सिजनकाे समय हाे। हामिले कामै गर्न पाएका छैनाैँ। पकाउन तयार राखिएका इँटा सबै पानीले कामै नलाग्ने भएका छन्।,उद्योग बन्द भएकाले मजदुरहरु पनि समस्यामा छन्। खराब माैसमका कारण काम गर्न नपाउँदा साझ र बिहानको खानाका लागि समेत समस्या भइरहेकाे एकजना मजदुर परशु चौधरीले बताए। उनले भने, ‘परिवारसहित टीकापुरबाट काम गर्न धनगढी आयाैँ। यहाँ पुगेकाे भाेलिपल्टबाटै पानी परिहाल्याे।’गत कार्तिकको वर्षामा ठूलो क्षति भएकोमा अहिलेको वर्षाले पनि क्षति गरेको हो। त्यसैमा चार महिनादेखि इँटा उत्पादन गर्न नपाएकाे सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोद शाहीले बताए। उनका अनुसार कैलालीमा ४२ र कञ्चनपुरमा ३८ गरि जम्मा ८० इँटा उद्याेग छन्। एउटै इँटा उद्याेगमा २५ देखि ३० लाखसम्मकाे क्षति भएकाे छ। ‘कैलाली र कंचनपुरका उद्योगमा मात्र कम्तीमा २० करोडको क्षति भएको छ,’ उनले भने, ‘सिजनकाे समयमा माैसमले गर्दा उत्पादन नै गर्न सकिएको छैन। व्यवसायी पलायन हुने अवस्थामा छन्।’इँटा उद्योगको बीमा नहुँदा व्यवसायी थप मारमा परेका छन्। बीमा नभएकाले धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाे उनी बताउँछन्। वर्षाैँदेखि सरकारसँग विमा गराईदिन माग गर्दै आए पनि कुनै सुरसार नै नदेखाएकाे उनले बताए। उनले भने, ‘हरेक वर्ष ठुलाे क्षति बेहर्नु पर्छ। यसकाे बिमा गर्न सरकारसंग वर्षाैँदेखि माग गरिरहेका छाैँ। कुनै वास्ता नै छैन।’

सम्बन्धित पोस्ट
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    समाचार

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑