• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 15, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अछामको बयलपाटा अस्पताल अब सुदूरपश्चिम सरकारको स्वामित्वमा

खप्तड मालिका न्युज July 7, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

अछाम: अछामको बयलपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको स्वामित्वमा आएको छ।जिल्लाको साँफेबगर नगरपालिका–७ बयलपाटामा रहेको अस्पतालको पूर्ण स्वामित्व सुदूरपश्चिम सरकारले ग्रहण गरेको हो।

विसं. २०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्ण रूपमा सुदूरपश्चिम सरकारको मातहतबाट सञ्चालनमा आउने गरी भएको सम्झौता अनुरूप प्रदेश सरकारले स्वामित्व ग्रहणको प्रक्रियाले औपचारिकता पाएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा अस्पतालको स्वामित्व हस्तान्तरणसम्बन्धी सम्झौता पत्रमा न्याय हेल्थ नेपालका तर्फबाट कुन्दन दीक्षित र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले हस्ताक्षर गरेका छन्।

विगत एक दशकभन्दा बढी समयदेखि न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयलपाटा अस्पतालले सुदूरपश्चिमका दूरदराजका जिल्लाहरूमा निःशुल्क, गुणस्तरीय र अत्यावश्यक स्वास्थ्य सेवा पु¥याउँदै आएको छ। तर, अब प्रदेश सरकार आफैँले संस्थागत रूपमा जिम्मेवारी लिन थालेसँगै यो अस्पतालको आगामी यात्राले नयाँ मोड लिने अपेक्षा गरिएको छ। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्काले अब बयलपाटा अस्पताललाई संस्थागत, उत्तरदायी र पारदर्शी ढङ्गले सञ्चालन गर्ने बताए। उनले भने, ‘हामी प्रदेश सभामा आवश्यक गठन आदेश पेस गरेर पारित गर्नेछौँ, त्यसपछि भदौ १ गतेदेखि अस्पतालको सम्पूर्ण सेवा सञ्चालन अधिकार प्रदेश सरकारले ग्रहण गर्नेछ।’

अस्पताललाई प्रदेश सरकार मातहतको ५० शय्याको प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गर्ने गरी स्वामित्व हस्तान्तरण र ग्रहणसम्बन्धी १७ बुँदे सम्झौता भएको छ। अस्पताल प्रदेश सरकार मातहत आई सकेपछि गठन आदेश लगायतका अन्य प्रक्रियाहरूको काम लगत्तै सुरुवात गर्ने मन्त्री खड्काले बताए। बयलपाटा अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवाका कुनैपनि कमी आउन नदिने विषयमा आफू प्रतिबद्ध रहेको खड्काले बताए। उनले भने, “यो केवल प्रशासनिक हस्तान्तरण होइन, प्रदेश सरकारको स्वास्थ्य प्रणाली बलियो बनाउने दिशामा ऐतिहासिक कदम हो। सुदूरपश्चिमका नागरिकको स्वास्थ्यमा अब राज्यले प्रत्यक्ष जिम्मेवारी लिने समय आएको छ।”

प्रदेश सरकारले बयलपाटा अस्पतालको स्वामित्व ग्रहणसँगै त्यसको पूर्वाधार, जनशक्ति, सेवा गुणस्तर र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट रूपले नीतिगत संरचनामा बाँध्ने तयारी गरेको छ। मन्त्री खड्काले त्यसको लागि आवश्यक मानव स्रोत, सेवा निरन्तरता, तथा स्थानीय समन्वयलाई प्राथमिकतामा राखिने बताए।दिनेश खबरबाट……

सम्बन्धित पोस्ट
  • एघार महिनामा ६ हजार विपद्का घटना
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने
  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
  • नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव,चार प्रदेशमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एघार महिनामा ६ हजार विपद्का घटना

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

    समाचार

    एघार महिनामा ६ हजार विपद्का घटना

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

    नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव,चार प्रदेशमा वर्षाको सम्भावना

    एमालेबाट को-को बन्दैछन् समानुपातिक सांसद ?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑