
खप्तड मालिका न्युज,बाजुराः प्रथम “बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव” आजबाट सुरु भएको छ । “कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार” भन्ने मुल नाराका साथ आज एक औपचारीक कार्यक्रमका बिच महोत्सवको भव्य उद्धघाटन गरिएको हो । पर्वत जिल्लाका प्रतिनिधि सभा सदस्य,पुर्व कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरीले भव्य रुपमा महोत्सवको उद्धघाटन गर्नुभएको हो ।

मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको सहप्रर्वद्धनमा उक्त महोत्सव सूरु भएको महोत्सव मुल आयोजक समितिका कार्यक्रम संयोजक महेश कार्कीले बताए।बुढीनन्दा तथा सिङ्गो बाजुराको पहिचान र मौलिकतालाई झल्काउने महोत्सवको मुख्य उदेश्य रहेको संयोजक कार्कीको भनाई छ ।बिशेषत बुढीनन्दाको पर्यटन,प्रबर्द्धन,रैथाने बालीको प्रचार प्रसार यहाँको कला,संस्कृति र नयाँ प्रतिभाहरुको उजागर गर्नु महोत्सवको मुख्य उदेश्य रहेको महोत्सव सांस्कृतिक संयोजक मन बहादुर रोकायाले बताए ।
आजबाट सञ्चालन भएको उक्त महोत्सवको यहि बैशाख १५ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा बुढीनन्दा नगरपालिका प्रर्वद्धक र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको सहप्रर्वद्धकको रुपमा छन् भने जिल्ला स्थित सम्पुर्ण सञ्चार माध्यम मिडिया पार्टनरको रुपमा छन्।बुढीनन्दालाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा विकास गरि दिर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको बताईएको छ ।
नगरको स्थानीय कला,संस्कृति र सम्पदाको प्रबर्द्धन गर्ने,स्थानीय मौलिक पेशा परिकार र उत्पादनको प्रबर्द्धन,तथा बुढीनन्दालाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न महोत्सवले दिर्घकालीन सहयोग गर्ने अपेक्षा लगिएको छ ।बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सूरु भएको महोत्सवको प्रमुख अतिथि पर्वत जिल्लाका प्रतिनिधि सभा सदस्य पदम गिरीले रहेका थिए। त्यस्तै विशिष्ट अतिथि प्रदेश सभा (क) का पूर्व प्रदेश सभा सदस्य बलदेव रेग्मी रहेका थिए ।
अतिथिमा बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा, जगन्नाथ गाउँपालिकाकी उपाध्यक्ष मरुकला विष्ट लगायत विभिन्न पार्टीका प्रमुख एंव प्रतिनिधि लगायत स्थानीयको सहभागीताको रहेको थियो । महाेत्सवमा स्थानीय रैथाने बालीको प्रर्वद्धन, स्थानीय कला संस्कृति झल्किने विभिन्न मागल, चाँचर, भुवाचाली, हुड्के नाच, झाँकी, देउडा मागल लगायत प्रर्दशन गरिने छन् ।
महोत्सवमा महानायक राजेश हमाल,लोक गायक राजु परियार,खेम सेञ्चुरी,पुस्कल शर्मा,शान्तारानी परियार,एलिना चौहान ,चक्र बम,टंक तिमिल्सेना,देउडा गायक नरेन्द्र राज रेग्मी,सर्जक राजेन्द्र शाह विपी,लाल बहादुर थापा,बिनोद बाजुरेली,प्रकाश थापा,लाल बहादुर धामी अछामी बड्डो,रेखा जोशी,विपना सिंह लगायत अन्य स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छन् ।
महोत्सवको पहिलो दिन आज देउडा गायक लक्ष्मण अधिकारी दुबईको लाहुर्या,गायक धर्मेन्द्र सुनार,गायक मन बहादुर रोकाया,गायक ओव्जन परियार लगायत कलाकारका प्रस्तुती रहे भने भोली लोक गायक कमल वि.सी माल्दाई,गायक रमेश मल्ल,गायक मन नेपाली,बाल गायक मिलन सुनार लगायत कलाकारका प्रस्तुती रहने छन् । महोत्सवमा जितजंग कट्टेल र अनिता धामी होस्टको रुपमा रहेका छन् ।
आमन्त्रित कलाकारहरु….


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर