
बाजुराः भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम अन्तर्गत पहिलो चरणमा बुढिनन्दा नगरपालिका वडा नम्बर–३ नुरिका ३० जना कृषकलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ ।बुढीनन्दा नगरपालिका ३ मा गठित थिमकोट बाख्रा पालन समूहका ३० जना कृषकहरूलाई प्रति व्यक्ति २ बाख्राका दरले ६० वटा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ।

कृषकहरूको आयआर्जनमा वृद्धि गराउने उद्देश्य सहित बृहत् उत्पादन कार्यक्रम मार्फत खरी क्रस जातका ३० वटा बाख्रा र जमुना जातका ६ वटा बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशिले बताउनुभयो।उहाँका अनुसार बाजुराका पशुपालक कृषकहरूलाई व्यावसायिक पशुपालन तर्फ आकर्षण गराइ आयआर्जनमा वृद्धि विस्तारका लागि वृहत् उत्पादन कार्यक्रम द्वारा करिब ७ लाख २० हजारका बाख्रा र १ लाख ४० हजारका ६ वटा बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएको छ । ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर