• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आजको राशिफल – Aajako Rashifal

खप्तड मालिका न्युज January 8, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर९छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

मिथुन 
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा काममा सफलता मिल्नेछ। चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक काममा मन रमाउनेछ।

सिंह 
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउन सक्छ। तत्काल लाभ उठाउन नसकिए पनि पछिका लागि काम गर्न सकिनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

कन्या 
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। व्यापार बढ्नाले आम्दानी पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

तुला 
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ।

मीन 
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कीर्तिमानी कामको यश लिने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑