
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः प्रतिनिधि सभाका सदस्य तथा नेपाली काँग्रेसका सहमहामन्त्रि ब्रदी प्रशाद पाण्डेले खेलकुद क्षेत्रले दिने आत्मबिश्वास तथा आत्मबलले मानिसलाई हरेक क्षेत्रमा सफल बनाउने बताएका छन । सोमबार कोल्टीमा आयोजना गरीएको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रले सबैभन्दा पहिला मानिसलाई आत्मबिश्वासी बनाउन सिकाउने बताएका हुन् त्यतिमात्रै नभई खेलकुद क्षेत्रले मानिसहरुमा आत्मबिश्वास र आत्मबलको भावना पैदा गराउने समेत बताए । खेल क्षेत्रले दिने आत्मबिश्वासले मानिसहरुलाई अन्य क्षेत्रमा पनि सधै सफल र अब्बल बनाउन समेत सहयोग गर्ने बताएका हुन् । मानिसहरुलाई शारिरीक तथा संबेगात्मक रुपमा तन्दुरुस्त राख्न पनि यो खेल क्षेत्र निकै सहयोग पुर्याउने उनले बताएका हुन् । समग्र खेल क्षेत्रले मानिसको पहिचान स्तानिय स्तर हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्ममा पुग्न पनि निकै सहयोग गर्ने बताए ।

आजका युवाहरु भनेका भोलीका देशका भबिष्य हुन,आजका बालबालीकाहरुलाई अहिले देखिनै थप मजबुत बनाइएर अगाडी बढार लैजाने हो भने उनिहरुले राम्रो भबिष्य निमार्ण गर्न सक्ने समेत उनले बताए । अहिले देशमा खेल क्षेत्रले निकै फड्को मारिरहेको कुरा बताउदै जिल्ला बाजुरामा पनि खेल क्षेत्रको बिकाश गर्न जिल्लाका सबै स्थानिय तह तथा तिनै तहका सरकाले समेत लाग्नुपर्ने बताएका छन । जिल्ला बाजुरामा अहिले खेल क्षेत्रको लागी सोचेजस्तो बिकाश नभएको भएता पनि अबका दिनबाट आफु लगायत अन्य सबै स्थानिय तहका जनप्रतिनिधि लाग्ने समेत उहाँले बताए । जिल्लाको खेल क्षेत्रको बिकाशको लागी आफुले सक्दो प्रयास गरीरहेको छु, फेरी पनि जिल्लाको खेल क्षेत्रको बिकाशको लागी सधै कटिबद्ध रहेर लाग्ने,जिल्ला बाजुरामा खेल क्षेत्रको बिकाशका कठिनाई तथा चुनौतीहरु संसद सम्म पुर्याएर जिल्लाको खेल क्षेत्रको बिकाशको लागी सबै ठाँउबाट पहल गर्ने समेत उनले बताए । जिल्लामा खेलडीहरु धेरै छन् ति खेलाडीहरुको हामीले पहिचान गर्न सकीरहेका छैनौ,जिल्लामा रहेका उतकृट खेलाडीहरुको पहिचान गरी थप जिल्लाको खेल क्षेत्रको बिकाश गर्नका आफु सधै लागी पर्ने बताएका छन ।
नेपालको मात्रै कुरा होइन् विश्वका हरेक विभिन्न आर्थिक रुपले गरिब राष्ट्रहरुले पनि खेल क्षेत्रमार्फत आफुलाई विश्वभर चिनाईरहेको भन्दै बाजुरालाई पनि खेलकुदका माध्यमबाट बिश्वसामु चिनाउन जिल्लाका हरेक तहतप्का जिम्बेवारी मान्छेहरुले पहिला आफु जिम्बेवारी रहनुपर्ने उहाँले बताएका हुन् । प्रचुर सम्भावना बोकेको पावन भुमि जिल्ला बाजुरामा धेरै प्रतिभा लुकेका युवाहरुको जमात रहेको छ,ति सबै युवायुवतीहरुको पहिचान गरी स्थानयि तहबाटै हुदै राष्ट्रसम्म पुर्याउन सकियो भने जिल्लाको खेल क्षेत्रको मात्रै नभई अन्य क्षेत्रको पनि बिकाशमा सहयोग पुग्ने आफुले बिश्वास लिएको उनले बताएका हुन । प्रतिनिधि सभा सदस्य तथा आफ्नो पार्टी नेपाली काँग्रेसको हैसियले आफुले जिल्लाको खेल क्षेत्रको बिकाशमा अन्यको तुलनामा सक्दो सहयोग गर्ने समेत उनले बताएका हुन ।
देशलाई आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउनका लागि सबैक्षेत्रको विकास हुनुपर्ने बताउदै उनले बाजुरा खेल, निजामती प्रशासन, संस्कृति लगायत हरेका क्षेत्रमा अग्रसर हुनुपर्ने उनको धारणा समेत उहाँले राखेका थिए ।
खेल क्षेत्रमा लाग्ने खेलाडीहरुले सबैभन्दा पहिला सहनशिल,कर्तब्यनिष्ठ,तथा इमान्दारी हुनुपर्ने समेत उनले बताए । खेलाडीहरुमा सहनशिल तथा इमान्दारी नभए त्यसले राम्रो स्थान ल्याउन नसक्ने भन्दै सबैभन्दा पहिले खेलाडीहरुमा इमान्दारीता तथा सहशिलताको भावना हुनुपर्ने उहाँले बताए । बिश्वमा कतिपय खेलाडीहरुले आफ्नो सहनशिलता तथा इमान्दारीताको पालना गर्न नसक्दा जिवनभरको खेल क्षेत्रबाटै सन्यास लिनु पर्ने घटनाहरु ब्याप्त रहेको भन्दै सबैभन्दा पहिला खेलाडीमा इमान्दारीताको भावना धेरै भन्दा धेरै हुनुपर्ने उनले बताए । खेलकुद क्षेत्रले दिने आत्मबिश्वास तथा आत्मबलले मानिसहरुलाई निडर बनाउने,खेल क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा यसले सधै सफल बनाउने कुरामा उहाँले जोड दिएका थिए ।खेलले सबैभन्दा पहिला मानिसलदाई आत्मबिश्वासी बन्न सिकाउनु नै खेल क्षेत्रको पहिलो बिषेषता रहेको समेत उनले बताए । जिल्लाको खेल क्षेत्रको बिकाशको बारेमा कुरा गर्दा आफुलाई पनि निकै दख लागेको उनले बताए जिल्लामा हरेक खेलमा रुचि राख्ने खेलाडी भाइबहिनिहरु धेरै छन तर तिनिहरुले आफ्ना प्रतिभाहरु लुकाएर बस्नुपरेको छ । जिल्लामा कुनै उचित गुणस्तरीय खेलमैदानको ब्यबस्था नहुँदा कतिपय राम्रा राम्रा खेलाडीहरु पनि खाली बस्नु परेको उनले बताए । जिल्लाको खेल क्षेत्रको यस्तो अबस्थाको बारेका आफुले नेपाल खेलकुर परिषद तथा नेपाल सरकार संग पहल गरीरहेको समेत उनले बताएका छन ।
कार्यक्रममा बोल्दै जिल्ला बाजुरा भनेको हरेक क्षेत्रको लागी सम्भावना बोकेको जिल्ला हो तर उचित साधन स्रोत तथा आर्थिकको कारण पछाडी पर्नु परेको उनले बताएका छन । जिल्लाको खेल क्षेत्रको बिकाश गर्न खेलकुदका माध्यमबाट जिल्लाको पहिचान बढाउन सबैभन्दा पहिला जिल्लाका हरेक स्थानयि तहका जनप्रतिनिधि जिम्बेवारी बन्नुपर्ने बताएका छन । आफ्नो पालीकामा कस्ता प्रकारका खेलाडीहरु छन्,ति खेलाडी कुन कुन खेल संग संम्बन्धित छन् त्यो सबै बिषयमा सबै स्थानियर सरकारले जानकारी लिए थप जिल्लाको खेल क्षेत्रको बिकाश हुने उनले बताए । पेटबाटै सिकेर कोहि आउदैन्,जसले पनि धर्तीमै पाइला टेकेर सिक्ने हो भन्ने कुराको उदाहरण दिदै खेल क्षेत्रले मानिसलाई हजारौ माइल सम्मको यात्रा तय गर्न सिकाउने समेत बताए । उदेश्य पुरा गर्न हजारौ माइलको बाटो हिड्न पनि पहिला एक पाइला बाटै सुरु हुने भएकाले खेल क्षेत्रको बिकाश गर्न पनि पहिला सनो रुपबाटै जानु पर्ने उनले बताए, सानो कुराबाट माथि चढियो भने काम पुरा हुने ह्वात्तै एक्कासी माथि चढियो भने त्योकाम पुरा नहुनेसमेत उनले बताए । अहलिेजिल्लामा जतिपनि खेलाडीहरुले नाम कमाइरहेका उनिहरुले ततल्लोस्तरबाट हुदै बिस्तारै माथिल्लो स्तर सम्मको इज्जत कमाउदै गएको उनले बताए । जिल्लाको खेल क्षेत्रको थप सुधार गर्नको निमित्त सबैलेहातेमालो गरेर अगाडी बढ्न जररुरीरहेको समेत उनले बताए । एक जनाले मात्रै केहि गर्न नसक्ने हुँदा सबैल ेहातेकमालो गरेर साथ दियो भने जिल्लाको खेल क्षेत्रको बिकाश थप उकास्न सकिने उनले बताए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर