• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

खेल क्षेत्रको बिकासका लागि आफू सधैं लागि पर्नेः प्रतिनिधि सभा सदस्य शाही

खप्तड मालिका न्युज December 9, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

गोबिन्द्र राज तिमिल्सेना, बाजुराः प्रतिनिधि सभा सदस्य तथा बाजुराबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनेका सांसद दयाल बहादुर शाहीले खेल क्षेत्रको बिकाशको लागी आफु सधै लागी पर्ने बताएका छन । हिजो बुढीनन्दा नगरपालिकामा संञ्चालन भएको चौथो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो । खेल राष्ट्रका लागि मात्रै नभई मानिसको शारीरिक तथा सर्वाङ्गिण बिकाश गर्नमा ठुलो सहयोग गर्ने भएका कारण खेल क्षेत्रलाई सबैले उचित प्राथामिकतामा राखेर अगाडी बढ्नु पर्ने बताएका छन । जिल्लाको खेल क्षेत्रको बिकासका लागि आफू सधैं लागि पर्ने समेत उहाँले बताए । खेल प्रतिको स्मरण गराउदै सबै युवा तथा बालबालिकाहरूमा खेलले मानिसको जिबनमा ठुलो परिवर्तन गर्ने कुरामा जोड दिनुहुँदै यस खेल क्षेत्रलाई सबैले हातेमाले गरेर अगाडी बढाएर लैजानु पर्ने कुरामा जोड दिनुभएको छ ।

देशमा सक्षम,इमान्दारी,मिहिनेती खेलाडी उत्पादन गर्नको लागी बिभिन्न ठाँउहरुमा बिभिन्न समय समयमा खेल प्रतियोगिताको आयोजना गर्न आबश्य रहेको बताउदै जिल्लाको खेल क्षेत्रको बिकाशको लागी आफुले सक्दो प्रयास गर्ने र जिल्लामा खेल क्षेत्रको बिकाशमा भएका बाधा तथा कठिनाईहरु संसद सम्म पुर्याउने समेत बताउनु भएको छ । जिल्लाको खेल क्षेत्रको बिकाश कसरी भइरहेको छ सबैको अनुगमन गरेर जिल्लामा कस्तो खेल प्रबिधिको बिकाश गर्न सकिन्छ भन्ने कुरा सबै अध्ययन गरेर जिल्लाको खेल क्षेत्रको बिकाशको लागी संसदमा कुरा उठाउने र जिल्लाको खेल क्षेत्रको बिकाश गर्न सरकार संग अनुरोत्र गर्ने समेत उहाँले बताए । जिल्लामा बिभिन्न प्रकारका खेलाडीहरु भएको भएतापनि जिल्लामा उचित खेलमैदान,खेलाडीहरुको ब्यबस्थापन गर्न नसक्दा जिल्लाको खेल क्षेत्र धरापमा परिरहेको समेत उहाँले प्रस्ट्याएका छन । कार्यक्रममा बोल्दै उहाँले खेलले देश निमार्णमा पनि ठुलो भुमिका खेल्ने समेत बताएका छन । प्रत्येक ब्यक्तिले दैनिक रुपमा खेलप्रति चाँसो राखेर अगाडी बढ्ने हो भने जिल्लाको खेल क्षेत्रको बिकाश हुनुको साथसाथै जिल्लामा उत्कृण,इमान्दारी,लगनशिल,खेलाडी उत्पादन गर्न र आथिर्गक स्रोतहरु जुटाउन निकै सहज मिल्ने बताएका छन ।

प्रतिनिधि सभाको सदस्य सांसद भएको हैसियले जिल्लाको खेल क्षेत्रको बिकाशमा बढी चाासो राखेर बेलाबेला संसदमा सबैको ध्यानाकर्षण गराउने समेत उहाँले बताए । बाजुराका युवा तथा नागरिक भनेका हाम्रा सन्तान हुन्,ति सन्तालाई. प्रगतीे बाटो देखाउनु हामी सबैको दायित्व हो, युवाहरुको खेल क्षेत्रमा राम्रो भबिष्य रहेको हुँदा ति युवाहरुलाई खेलमा प्रगतीको बाटो देखाई खेल क्षेत्रमै अगाडी बढाउने आफ्नो उदेश्य रहेको भन्दै यसको प्रयासमा सधै लागी पर्ने समेत उहाँले बताएका छन । कार्यक्रमको सम्बोधन गर्नुहुदै बुढीनन्दामा मात्रै नभई जिल्लाको खेल क्षेत्र उकास्नको लागी जिल्लाका ९ वटै पालिकामा यो प्रतियोगिता संञ्चालन गर्न आबश्यक रहेको बताउदै सबै पालिका तथा नगरपालिकाले प्रत्येक बर्ष सधै यस्ता प्रतियोगिताको संञ्चालन गरीरहनु पर्ने समेत बताएका छन । कुन पालिकाको खेल प्रति कति चाँसो रहेको छ त्यसको बारेमा पनि आफुले बुझ्ने र सबै पालिका तथा नगरपालिकालाई अन्य क्षेत्रमा बढी लगानी गर्नु भन्दा पनि खेल क्षेत्रमा बिषेष प्राथामिकता दिन आग्रह समेत गर्ने उहाँले बताएका छन । त्यसको लागी आफुले ससंदमा बोल्ने कुनै पनि कुराहरु नछुटाउने समेत बताए । आफु पदमा रहिरहँदा सम्म पदको हैसियतले जिल्लाको खेल क्षेत्र मात्रै नभई अन्य क्षेत्रको बिकाशमा पनि आवाज संसदमा उठाइरहने बताएका छन ।

आजका युवाहरु भोलीका देशमा कर्णधार हुन भन्दै आजका साना युवाहरु भोली देशमा राष्ट्रपति,वप्रधानमन्त्रि,देशकै ख्यातिप्राप्त मान्छे बन्न सक्ने हुँदा आम जनसमुदायहरुले युवाहरुलाई नराम्रो बाटोमा हिड्न नदिई सकारात्मक बाटोमा हिडाउन लागी पर्नु पर्ने समेत बताए । बिश्वबिख्यात चर्चित खेलाडी,ब्रुस.लिको उदाहरण दिदै हाम्रा बाजुराका युवाहरु पनि भोलीका बु्रस.लि जस्तै बन्न सकुन,लियोनेल मेस्सी जस्तै बन्न सकुन्,रोनाल्डो जस्तै बन्न सकुन् भन्दै जिल्लाका युवाहरुलाई पनि यस्तै ख्यातिप्राप्त बिश्वबिख्यात चर्चित खेलाडी बनाउन हामी सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताएका छन । यदि जिल्लामा राम्रो खेलाडी उत्पादन गर्न सक्यौ भने जिल्लाको अर्थतन्त्रमा पनि सुधार आउने,जिल्लाको समाजिक,आर्थिक,तथा अन्य क्षेत्रमा पनि बलियो सुधार हुने उहाँले बताएका छन । खेलाडी बन्नको लागी रहर मात्रै भएर बन्न नसकिने समेत बताएका छन । उत्कृष्ट खेलाडी बन्नको लागी खेलाडीमा इमान्दारीता,धर्यता,लगनशिलता र खेलप्रति चाँसो भए राम्रो खेलाडी बन्न सकिने बताएका छन ।

खेलाडीहरु अनुशासित र व्यवस्थित हुनुपर्नेमा जोड दिदै खेलाडीमा अनुशासन भएन भने उसले राम्रो स्थान ल्याउन नसक्ने बताउँदैं सर्वप्रथम खेलाडी मर्यादित, अनुशासित र व्यवस्थित भयो भने सिंगो देशको खेल क्षेत्रको बिकाश गर्न सकिने उहाँले बताएका छन । लहड र रहरले होइन,लगनशिल भएर खेलमा लाग्नुपर्छ , इमान्दारीता तथा लनशिलता खेलाडीका आभुषण हुन् यि चिजलाई कहिल्यै छुटाउनु हुन्न यदि यि चिज बिर्षेर खेलाडीले खेल खेल्यो भने खेलाडीको जिवन दुर्घटनामा पनि पर्न सक्छ,भन्दै खेलाडीले सधै इमान्दारी तथा लगशिल भएर खेल खेल्यो भने उक्त खेलाडी जिवनमा कहिल्यै असफल नहुने बताएका छन ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑