• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

महामन्त्रीमा गगन र विश्वप्रकाशले जित्ने पक्का !

खप्तड मालिका न्युज December 15, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीमा सबभन्दा बढी चासो महामन्त्रीमा कसले जित्छ भन्नेमा छ । यसपालि छुट्टाछुट्टै प्यानलबाट तीन जना युवा नेता महामन्त्री उम्मेदवार बनेका छन् । गगन थापा दोस्रोपटक महामन्त्रीमा उठेका छन् । उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका छन् । शेखरकै प्यानलमा मिनेन्द्र रिजाल पनि महामन्त्रीका उम्मेदवार छन् ।
सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार छन् । कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेका थिए। दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरिसकेका छन् ।
फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसले गरेको सर्भेक्षणलाई आधार मान्ने हो भने कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित हुने देखिन्छ । यही संस्थाले सभापतिका उम्मेदवारले कति मत पाउन सक्छन् भनेर गरेको सर्भेक्षण र अन्तिम नतिजा लगभग मिलेको छ ।
फ्याक्ट्स नेपालको सर्भेक्षणमा सभापतिका लागि शेरबहादुर देउवाले ४५, शेखर कोइरालाले ३८, प्रकाशमान सिंहले ९ र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखिएको थियो ।
अन्तर्राष्ट्रिय स्तरका सर्भेक्षणहरूमा पनि अन्तिम परिणाम र सर्भेक्षणको नतिजा तीन प्रतिशत तल–माथि हुनुलाई स्वाभाविक मानिन्छ । फ्याक्ट्स नेपालको यही सर्भेले महामन्त्रीमा गगनले ४५, विश्वप्रकाशले २९, प्रदीप पौडेलले १०, प्रकाशशरण महतले ८, मिनेन्द्र रिजालले ७ र अन्यले १ प्रतिशत मत पाउने देखाएको छ ।
फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसका संस्थापक एवं सिइओ हुन्, मनीष झा । उनले यो संस्था सन् २०१२ मा दर्ता गराएका थिए । ‘हामीले संस्था दर्ता गर्नुअघि नेपालमा रिसर्च गर्ने अरू संस्थाहरू कति छन् भनेर पनि रिसर्च गरेका थियौं,’ झाले भने, ‘त्यति बेला नेपालमा ४१ वटा रिसर्च संस्था रहेछन् । उनीहरूले डाटाहरू आफ्ना क्लाइन्टलाई मात्र दिँदा रहेछन्, आममानिसलाई दिँदा रहेनछन् ।’
त्यसपछि आफूहरूले उनीहरूले नगरेको काम गर्ने योजना बनाएको झाले बताए । मिडियाहरूसँग सहकार्य गरेर उनीहरूले विभिन्न विषयमा गरिएका अनुसन्धानका विवरण सार्वजनिक गर्न थाले ।
२०७० सालको चुनावमा उनीहरूले देशभरिका विभिन्न ५२ निर्वाचन क्षेत्रमा सर्भे गरे । संकलित डाटाले देखाउने ट्रेन्डबारे कार्यक्रम बनाए । ‘सुरूमा हामीले एभिन्युजलाई अनुरोध गर्यौ। उनीहरूले सुरूमा दुइटा सो मात्रै दिए ।
काठमाडौं–१० मा प्रचण्ड हार्दैछन् भन्दा एभिन्युजका कर्मचारीले मलाई तपाईंलाई मार्छन्, लुक्नुस् भनेका थिए,’ मनीषले सम्झिए, ‘मैले मनगढन्ते कुरा गरेको थिइनँ । जे डाटाले देखायो त्यसैको विश्लेषण मात्रै गरेको थिएँ ।’
संविधानसभाको चुनावमा उनीहरूले गरेको सर्भे धेरै क्षेत्रमा मेल खायो । यसले उनीहरूको विश्वसनीयता पनि बढ्यो । त्यसपछि मनीषले विभिन्न चुनावमा उम्मेदवारहरूका लागि सर्भेक्षण गर्न र रणनीति पनि बनाइदिन थाले ।
‘भवन भट्ट एनआरएन अध्यक्ष लड्दा र २०७४ सालमा प्रदीप गिरिका लागि पनि मैले नै रणनीति बनाएको हो,’ मनीषले भने, ‘उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठदेखि पछिल्लो समय नाडाका अध्यक्ष ध्रुव थापाको चुनावी रणनीतिमा पनि हामीले काम गर्यौ ।’
फ्याक्ट्स नेपालले तीन किसिमका अनुसन्धान गर्दै आएको छ । यसमा उद्योग वाणिज्य महासंघसँग मिलेर गरिने रिटेल अडिट, आफ्ना ग्राहकहरूको आवश्यकताअनुसार कुनै विशेष विषयमा केन्द्रित अनुसन्धान र सार्वजनिक चासोका विषय पर्छन् ।
कांग्रेस महाधिवेशनका लागि आफ्नै खर्चमा सर्भे गरेको मनीषले बताए। ‘हामीले कांग्रेसको १३औं महाधिवेशनमा पनि सर्भे गरेका थियौं । कोषाध्यक्षबाहेक सबै पदमा हाम्रो सर्भेक्षण अन्तिम नतिजासँग मिलेको थियो ।
तर त्यति बेला हाम्रो त्यति चर्चा थिएन,’ उनले भने, ‘यसपालि पनि केही साथीहरूले गर्नुपर्छ भने । मलाई पनि रिसर्चको संस्कृति बनाउनुपर्छ भन्ने लाग्यो । अनि सुरू गर्‍यौं ।’
कांग्रेस महाधिवेशनको सर्भे गर्न २३ जना कर्मचारी दुई दिनसम्म खटिएका थिए । उनीहरूले एपको प्रयोग गरी डिजिटल माध्यमबाट डाटा इन्ट्री गरेका थिए ।
शनिबार १७ सय र आइतबार ४ सय जनाबीच सर्भेक्षण गरिएको थियो। ‘हामीले उत्तरदातालाई लिंग, भूगोल र उमेरका हिसाबले तीन भागमा बाँडेका थियौं,’ मनीषले भने, ‘सबै भूगोलका, सबै उमेर समूहका महिला–पुरूष महाधिवेशन प्रतिनिधिलाई स्याम्पल बनाएका थियौं ।’
सोमबार दिउँसो नै सर्भेक्षणको परिणाम आफूहरूले तयार पारे पनि चुनाव प्रभावित नहोस् भनेर राति पौने १ बजे सार्वजनिक गरेको उनले बताए । सभापतिमा उनीहरूले गरेको सर्भेक्षण लगभग मिलेपछि धेरैले मनीषलाई धन्यवाद र बधाई दिइरहेका छन् । महामन्त्रीमा भने विश्वप्रकाशको मत मिल्दैन कि भन्ने कतिको आशंका छ ।
मनीष भने महामन्त्रीमा पनि आफ्नो सर्भेक्षणको नतिजा र अन्तिम नतिजा लगभग उस्ताउस्तै आउनेमा विश्वस्त छन् । ‘हामीले सर्भेक्षण गर्दा गगन थापाको अघिल्लो दिनभन्दा प्यानल घोषणा भएपछि मत अलि कम देखिएको थियो तर विश्वप्रकाशको दुवै दिन उस्तै थियो,’ मनीषले भने, ‘त्यही भएर म त मिल्छ भन्नेमा ढुक्क छु । फेरि रिसर्च भनेको सम्भावना यस्तो हुन्छ भन्ने देखाउने हो । कहिलेकाहीँ नमिल्न पनि सक्छ ।’
अनलाइनपाना बाट

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑