• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 09, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज April 8, 2026 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरा जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। बुधबार एक औंपचारीक कार्यक्रमका बिच बडीमालिका नगरपालिकाकाे सभाहलमा आयोजित उक्त बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हाे।

संघ र प्रदेश अन्तर्गतका सम्पुर्ण कार्यालयका कार्यालय प्रमुख,राजनितिक दलका प्रमुख लगायतको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरिएको हाे।जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैला,नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवाल,नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विक लगायतकाे उपस्थिति थियाे।

त्यस्तै विभिन्न पार्टीका प्रमुख एवम् प्रतिनिधि,विभिन्न संघ तथा प्रदेश कार्यालयका कार्यालय प्रमुख,सुरक्षाकर्मी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।जिल्ला स्थित संघ तथा प्रदेश मातहतका कार्यालयहरुका कार्यालय प्रमुखहरुले गत आर्थिक वर्ष २०८१/८२ र ०८२/०८३ काे हालसम्म कार्यालयले गरेका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुति गरेका थिए ।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख तुलसीराम रोकायाले समन्वय समिति बाजुरा सबैमा समन्वयकारी भुमिका निर्बाह गरि अघि बढिरहेको बताएका थिए।कार्यालयले गरेका काम,कर्तव्य र प्रगतिलाई आगामी दिनहरुमा थप सुधार गर्दै लैजानुपर्नेमा जाेड दिए।उनले प्रगति समीक्षा कार्यक्रम ढिलाे भएकाेमा क्षमा याचना समेत गरे।

कार्यक्रममा कतिपय कार्यालय र राजनितिक दलहरुका प्रमुख एवम् प्रतीनीधी उपस्थित नहुनुमा उनले दु:ख व्यक्त समेत गरेका हुन्।अनुपस्थित कार्यालयहरुले जिम्मेवार बन्नुपर्ने बताउँदै आगामी दिनका कार्यक्रमहरुमा सबैकाे उपस्थित रहने विश्वास व्यक्त गरे। बाजुरा जिल्लाको समग्र विकाशको लागी सञ्चालन गरिएका साझा कार्यक्रममा सबैकाे अनिवार्य उपस्थिति हुनु नै महत्त्वपूर्ण उपलब्धि हुने जिकिर गर्नुभयाे।

त्यस्तै प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले समग्र बाजुरा जिल्लाकाे विकासमा दिर्घकालिन फाईदा हुने क्रियाकलाप सञ्चालन गर्न आवश्यक रहेकाे बताउँदै जिल्लास्थित सम्पूर्ण कार्यलयहरुले आपसी समन्वय,र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जाेड दिए।

सबैको साथ सहयोग र समन्वयकारी भुमिकाले अगाडि बढेकाे खण्डमा मात्रै राम्रो उपलब्धि हुने हुँदा समन्वय र सहकार्यलाई आत्मसात गर्न आवश्यक रहेकाे उनले बताएका हुन्। सम्पूर्ण कार्यालयहरुले समग्र जिल्लाकाे विकास,कार्यालयकाे मान,मर्यादा र गरिमा बढाउने गरि काम गर्नुपर्ने जिकिर गरेका हुन्।

प्रगती समीक्षा कार्यक्रममा ३४ कार्यालयकाे उपस्थिति रहेकाे थियाे। जसमा ३० सरकारी कार्यालय र ४ गैरसरकारी कार्यालय रहेकाे थिए।त्यस्तै ७ कार्यालय भने अनुपस्थित थिए।अनुपस्थित कार्यालयहरुमा जलस्रोत तथा सिचाईँ सव डिभिजन,खानेपानी,घरेलुु तथा साना उद्योग,सामाजिक विकास,कार्यालय,स्वास्थ्य विमा बाेर्ड,निर्वाचन कार्यालय र खेलकुद विकास समितिकाे कार्यालय रहेका छन्।

लाखौका कार्यक्रमहरु सञ्चालन गर्ने तर कार्यक्रममा उपस्थिति नहुने कार्यालयहरुलाई समन्वयले उच्च निगरानीमा राख्ने जिल्ला समन्वय समिति बाजुरामा निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले जानकारी दिए।

समग्र बाजुराको बिकासमा सहि र सकारात्मक तरिकाले अघि बढ्न स्थानीय तहसंग समेत असल अभ्यास कार्यक्रम भईसकेकाे पाण्डेले जानकारी दिनु भएको छ। प्रगति समीक्षा कार्यक्रमकाे सञ्चालन रामचन्द्र पाण्डेले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • अमेरिका र इरानबीच युद्धविरामको सहमति
  • आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
  • बाजुराकाे हिमालीमा कृषकलाई आधुनिक मिल वितरण
  • निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

    समाचार

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

    बाजुराकाे हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑