• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 01, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आर्थिक गणना: बाजुरामा वास्तविक तथ्यांक संकलनमा जाेड

खप्तड मालिका न्युज April 1, 2026 मा प्रकाशित (८ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित बाजुरामा बैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना हुने भएको छ ।जिल्ला आर्थिक गणना कार्यालयका अनुसार,आर्थिक गणना लागि २० गणक र ३ जना सुपरीवेक्षक परिचालन गरिने भएका छन् ।

आर्थिक गणना कार्यालयका प्रमुख आर्थिक गणना अधिकारी प्रकाश बिष्टका अनुसार,२०८२ मा दशैभर सञ्चालन हुने दोस्रो राष्ट्रिय आर्थिक गणनाकाे लागी बाजुरामा समेत आवश्यक तयारी अघि बढाईएकाे जानकारी दिए। जिल्लामा दर्ता भएका कृषि,वन तथा माछापालनसँग सम्बन्धित उद्योग सहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन गरिने उनकाे भनाइ छ।

बाजुराका ९ वटै स्थानीय तहमा सञ्चालित ठुला तथा साना उद्योग,कलकारखाना,व्यापारीक प्रतिष्ठान,हाेटल,निर्माण कम्पनी र,बैंक तथा वितिय संस्था,सहकारी संस्था यातायात सेवा प्रदायक प्रतिष्ठान,सामाजिक संघसंस्था,राजनितीक दल,लगायत सम्पूर्ण दर्ता गरिएका वा नगरिएका सबै संघसंस्था,प्रतिष्ठान,कृषि क्रियाकलाप सबैकाे गणना गरिने भएको छ।

दर्ता नगरिएका कृषि क्षेत्रका क्रियाकलाप मुलत: घरायसी उपभाेगमा सिमित रहने कृषि क्रियाकलाप,राेजगारीदाताका रुपमा घरायसी क्रियाकलाप,सार्वजनिक प्रशासन,रक्षा सेवा प्रदायक सरकारी निकाय,र अन्तर्राष्ट्रिय संस्थाकाे गणना भने गरिने छैन्।

बाजुरामा आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा ३ हजार ८ सय ९१ प्रतिष्ठान संख्या रहेका छन् । जसमा १ हजार ५ सय ३० दर्ता नभएका छन्। भने २ हजार ३ सय ६१ दर्ता नभएका छन्।पालिकागत विवरण अनुसार,सबैभन्दा बढि बडीमालिकामा ८ सय ३६ र सबैभन्दा कम स्वामिकार्तिकमा १ सय ८० प्रतिष्ठान छन्।

त्यस्तै क्रमश: बुढिगंगामा ५ सय ३०, खप्तड छेडेदहमा ४ सय ९७ त्रिवेणीमा ३ सय ७५ हिमालीमा ३ सय ३८ जगन्नाथमा २ सय ७७ र गाैमुलमा २ सय ६३ प्रतिष्ठान रहेका छन्। २०७५ मा बाजुरामा जनशक्ति ८ हजार ८ सय ५९ थिए। जसमा ५ हजार ९ सय ५ पुरुष र २ हजार ९ सय ५४ महिला थिए।

याे आर्थिक गणनामा बाजुराकाे वास्तविक र अद्यावधिक आर्थिक अवस्था प्रष्ट हुने गरिने जिल्लाभर सहज र सरल तरिकाले गणना कार्य गरिने आर्थिक गणना कार्यालय बाजुराका सहायक आर्थिक गणना अधिकारी तिलक पालले जानकारी दिए।

वास्तविक तथ्यांक संकलनमा जाेड,सचेतना गाेष्ठी सम्पन्न

राष्ट्रिय आर्थिक गणना सम्बन्धी जिल्ला स्तरीय सचेतना गाेष्ठी कार्यक्रममा बाेल्ने वक्ताहरुले जिल्लाकाे वास्तविक तथ्यांक संकलनमा जाेड दिन आवश्यक रहेकाे बताए।

बुधबार बाजुराकाे सदरमुकाम मार्तडीमा आयोजित जिल्ला स्तरिय सचेतना गाेष्ठी कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले जिल्लाकाे वास्तविक तथ्यांक संकलनलाई मुख्य प्राथामिकतामा राखेका हुन्।

उनले वास्तविक तथ्यांकले समग्र जिल्लाकाे विकासका साथै निति,निर्माणमा सहज पुर्याउने हुँदा वास्तविक तथ्यांक महत्त्वपूर्ण रहेकाे बताएका थिए। वास्तविक तथ्यांक संकलन गरि अद्यावधिक गर्न समेत आवश्यक रहेकाे कुरामा उनले जाेड दिए।

त्यस्तै सचेतना गाेष्ठीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले जहाँ आर्थिक क्रियाकलाप हुन्छ,त्यहाँ मात्रै आर्थिक गणना हुने बताएका हुन्। प्रत्येक टाेलटाेलमा गणक नपुग्न सक्ने बताउँदै आर्थिक क्रियाकलाप भएको ठाउँमा मात्रै विवरण संकलन गर्न आवश्यक रहेकाे बताए ।

साथै उनले जिल्लागत तथ्यांक संकलनलाई स्वच्छ,र पारदर्शिता बनाउन आवश्यक रहेकाे कुरामा जाेड दिए। कार्यक्रममा उद्याेग बाणिज्य संघका अध्यक्ष देव वहादुर राेकायाले आर्थिक गणना संकलन कार्यमा सबैले जिम्मेवार बन्नुपर्नेमा जाेड दिए। तथ्यांककाे विश्वसनीयता नै मुख्य आधार भएकोले सहि तथ्यांक संकलनलाई प्राथामिकता दिनुपर्ने बताए ।

कार्यक्रममा बाेल्ने अन्य बक्ताहरुले आर्थिक गणना समाज र देश निर्माणकाे आधार भएकोले यस अभियानलाई सफल बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। गलत तथ्यांकले गलत नै अर्थ दिने हुँदा सहि तथ्यांक विश्वसनिय हुने उनीहरुकाे भनाई थियाे।

 

सम्बन्धित पोस्ट
  • कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद
  • थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग
  • कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट
  • सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग

    कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट

    समाचार

    कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग

    कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट

    आर्थिक गणना: बाजुरामा वास्तविक तथ्यांक संकलनमा जाेड

    सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑