
काठमाडौं : नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर खड्काले चैत १४ गते निकालेको वक्तव्यलाई अनधिकृत भनेको छ।बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

‘नक्कली लेटर प्याड प्रयोग गरेर आफूसँग हुँदै नभएको जिम्मेवारी उल्लेख गर्दै चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य अनुशासनको उल्लंघन हो’, समितिको निर्णयमा भनिएको छ, ‘उक्त वक्तव्य अनधिकृत भएकाले सचेत गराइन्छ। अब उप्रान्त यस्तो गतल काम गर्ने जो(कोही उपर नेपााली कांग्रेसको विधान र नेपाल कानुनअनुसार कारबाही गरिनेछ ।’
कांग्रेसले समानान्तर गतिविधिको नेतृत्व गरिरहेका खड्काले फेरि त्यो गतिविधि दोहोर्याए कारबाही गर्ने निष्कर्ष निकालेको छ।कांग्रेसको अनुशासन समितिले गत फागुन २१ गतेको चुनावमा पार्टीका सदस्यहरूले अनुसशासन उलंघन गरेको भए चैत मसान्तसम्म उजुरी पठाउन पनि आग्रह गरेको छ।यसरी चुनावमा अन्तरघात गर्ने र अनुशासन उलंघनको आरोप लागेका व्यक्तिहरूबाट स्पष्टीकरण सोध्ने निर्णय पनि कांग्रेसले गरेको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर