• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 01, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

लुकेका,ओझेल परेका र वास्तविक समस्या उजागर गर्ने पेशा नै पत्रकारीता हाे:अध्यक्ष मल्ल

खप्तड मालिका न्युज March 31, 2026 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: हिमाली गाउँपालिकाका अध्यक्ष गाेविन्द्र बहादुर मल्लले सुर्यकाे किरण नपुगेकाे ठाउँमा पत्रकारकाे आँखा पुग्ने बताएका छन्। साेमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाको २१ औं साधारण सभा तथा महासंघको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

खाेजमुलक,सत्य,तथ्य र निष्पक्षता नै पत्रकार र पत्रकारीताकाे धर्म रहेकाे बताउँदै उनले पत्रकार सबैकाे साझा हुनुपर्नेमा जाेड दिए। पत्रकारले पक्ष,विपक्ष नभई समान तरिकाले आम नागरिक जनसमुदायका आवाज बुलन्द गर्नुपर्ने बताएका हुन्।

पछिल्लो समय सामाजिक सञ्जाल लगायत प्रविधिकाे विकासले रेडियो,पत्रपत्रिका टेलिभिजन सुन्ने,पढ्ने प्रवृति क्रमश: हराउँदै गए पनि लेखनमा नकारात्मक प्रभाव पर्दै गएकाे प्रष्ट पारे। साथै उनले पत्रकारले स्वयम् पक्ष,विपक्षमा कलम चलाउँदै जाे,जसकाे नजिक छ,उसकै बढाई चढाई गरेर लेख्ने प्रवृति हावी भएको समेत बताएका हुन्।

‘पत्रकारले कसैकाे बढाईचढाई गरेर लेख्न आवश्यक छैन्। जसले जस्ताे काम गरेकाे छ,त्यस्तै लेख्न आवश्यक छ।सहिलाई सही र गलतलाई गलत भन्न पत्रकारले सक्नुपर्छ,
सकारात्मक र नकारात्मक दुबै पक्षमा कलम चल्न आवश्यक छ।,’उनले भने,‘दलगत पत्रकारीताले स्वयम् पत्रकार र पत्रकारीता क्षेत्र माथी नै प्रश्न चिन्ह खडा गर्छ। पत्रकार सच्चा,निष्पक्ष र स्वतन्त्र हुनुपर्छ ।’

“सुर्यकाे किरण नपुगेकाे ठाउँमा पत्रकारकाे आँखा पुग्छ”, दुर दराज,सामान्य मानिस वा राज्यकाे ध्यान नपुगेकाे ठाउँमा पत्रकार पुगेर सत्य कुरा बाहिर ल्याउँछ।मल्लले भने,‘पत्रकारीता लुकेकाे,ओझेल परेकाे अथवा अन्याय भएको ठाउँमा न्यान दिलाउने र वास्तविक समस्या उजागर गर्ने पेशा पत्रकारीता हाे।’

अध्यक्ष मल्लका अनुसार,पत्रकार समाजका आँखा जस्तै हुन्: जहाँ अन्धकार छ,त्यहाँ उज्यालो ल्याउने काम गर्छन्।समाजका तेजिला आँखा पत्रकार र पत्रकारीता पेशाले अन्याय,भ्रष्टाचार र बेतिथि लुकाईएका ठाउँमा पुगेर सत्य कुराकाे विकुल फुक्छन्। निष्पक्ष र स्वतन्त्र पत्रकारीतालाई धमिलाे बनाउन नहुने कुरामा उनले जाेड दिए ।

उज्यालोले जसरी अन्धकार हटाउँछ,त्यस्तै पत्रकारीता पेशाले समाजमा लुकेका विकराल समस्या सबैकाे सामू ल्याई सचेतनाकाे आभास फैलाउँछ।मल्लले समाज र देश विकासमा पत्रकारकाे अमुल्य याेगदान रहेकाे बताउँदै पत्रकारकाे हक हितका सवालमा र उनीहरुलाई पत्रकारीता पेशा गरेर जिविकाेपार्जनमा सहज पुर्याउन सरकारले समेत उचित ध्यान दिनुपर्ने बताए ।

सम्बन्धित पोस्ट
  • कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद
  • थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग
  • कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट
  • आर्थिक गणना: बाजुरामा वास्तविक तथ्यांक संकलनमा जाेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग

    कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट

    समाचार

    कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग

    कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट

    आर्थिक गणना: बाजुरामा वास्तविक तथ्यांक संकलनमा जाेड

    सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑