• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 23, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे भाग्य र भविष्य बदल्न सक्ने कुशल नेतृत्व गिरी: उदाहरणीय र प्रेरणाका पात्र

जनताकाे माझ उदाहरणीय र प्रेरणाकाे स्रोत बनेका कांग्रेस उम्मेदवार गिरी: तस्वीर: खप्तड मालिका न्युज
खप्तड मालिका न्युज February 23, 2026 मा प्रकाशित (१0 घण्टा अघि) अनुमानित पढ्ने समय : २ मिनेट
खप्तड मालिका न्युज,बाजुरा: आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउँन अब थाेरै दिन बाँकी छन्।देशैभरी चुनावी माहाेल तातेकाे छ।उम्मेदवार आफ्ना चुनावी एजेन्डा जनताकाे सामु सुनाउँदै घरदैलाे अभियानमा व्यस्त छन्।

एक मात्र प्रतिनिधि सभा निर्वाचन रहेकाे बाजुरामा पनि चुनावी सरगर्मी छ। यहाँका एक स्वतन्त्र सहित अन्य ७ दलका व्यक्ति अहिले घरदैलो अभियानमा व्यस्त छन्। यसैबिच नेपाली कांग्रेसकाबाट उम्मेदवार बनेका जनकराज गिरी पनि चुनावी अभियानमा व्यस्त छन्।

विद्यार्थी राजनितीबाट उदय भई राजनितीका विभिन्न तह,तप्पाकामा पुगेर समग्र बाजुराकाे विकास र बाजुरेली जनताकाे हक हितमा जीवन व्यथित गर्दै आएका गिरी अहिले चुनावी मैदानमा हाेमिएका छन्। बजुरेली जनताकाे माझ उदाहरणीय र विकाशप्रेमी नेताकाे रुपमा परिचित गिरी सादगी र निष्कलंक छवी भएका व्यक्ति हुन्।

गिरी अहिले परिवर्तनकाे मुल उदेश्य लिएर बाजुराका नागरिककाे जीवनस्तर उकास्ने,यहाँकाे गरिबी,अशिक्षा भाेकमरी जस्ता समस्याकाे न्युनिकरण गर्ने संकल्पका साथ मैदानमा छन्।जनताकाे सेवामा समर्पित,कर्तव्यनिष्ट र सादगी नेताकाे ट्याग पाएका प्रतिनिधि सभा उम्मेदवार कांग्रेस नेता गिरी स्थानीय विकास र न्यायका सन्दर्भमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन्।

उम्मेदवार गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्।उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेेर भूमी सुधार तथा सहायक मन्त्री समेत बनेका थिए ।कांग्रेसकाे अनुभवी नेताकाे रुपमा परिचित गिरी चुनावी मैदानमा हाेमिएसंगै बाजुरामा पार्टी एकता थप शसक्त र बलियाे हुने देखिएकाे छ।बाजुरालाई एक अशल नेतृत्वकाे आवश्यक छ? जाे हुन् जनकराज गिरी।

गिरीकाे याे यात्राले कांग्रेसको चुनावी प्रतिस्पर्धालाई कस्तो दिशामा माेड्छ भन्ने कुरालाई विशेष प्राथामिकताका साथ हेरिएकाे छ।पार्टी र देशकाे लाेकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासंग सिधै संवाद राख्ने नेता गिरी एक अनुभवी नेता हुन्।पार्टीका नीति निर्माण र राष्ट्रिय नेतृत्वलाई समर्थन गर्दै चुनावी सफलता ल्याउने प्रयासमा उनी लागिरहेका छन्।

बाजुराले पटक-पटक थुप्रै नेतृत्व पाए पनि विकासकाे अनुभूती भने अझै पाउन सकेकाे छैन्। याे भन्दा अघि बाजुराबाट थुप्रै नेता सांसद,मन्त्री भए तर बाजुरा अझै मानव विकास सूचकांककाे पुछारमै रह्ये।यहाँका नागरिकका समस्या जेनका तेन रहे।कांग्रेस उम्मेदवार गिरी भूमि सुधारसहायक मन्त्री हुँदा बाजुराले विकासकाे गतिमा केही नयाँ माेड भने पक्कै लिएकाे थियाे।

मन्त्री भएको बेला बाजुराकाे विकासमा खेलेका याेगदानलाई स्मरण गर्दै उम्मेदवार गिरीले भने,‘बाजुराकाे शिक्षा,स्वास्थ्य,खानेपानी लगायत पुर्वाधार विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे यहाँहरुलाई अवगत नै छ।त्याे बेला पूरा गर्न नसकेका काम पुन:पूरा गर्ने माैका मिलेकाे छ।यहाँहरुले याे माैका गुमाई दिनु हुने छैन्,भन्नेमा विश्वस्त छु ।’

सादगी,कर्तव्यनिष्ट कांग्रेस उम्मेदवार गिरी काे हुन्?

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका स्थायी घर भएका नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका जनक गिरी कांग्रेसको अनुभवी नेताको रूपमा परिचित छन्। उनलाई पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासँग सिधै संवाद राख्ने नेताको रूपमा लिइन्छ ।

गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्। उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमि सुधार तथा सहायक मन्त्री समेत बनेका थिए । ०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन्।

विकासवादी, सादगी र निष्कलङ्क छवि भएका नेताको रूपमा गिरीलाई लगिन्छ । गिरी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका हुन् । उनले समावेशी न्याय,लोकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका विषयमा आवाज बुलन्द गर्दै आएका छन् ।

२०४६ साल देखि निरन्तर राजनीति क्षेत्रमा सक्रिय रहेका  गिरीले राजनिती क्षेत्रबाट समाज र देश परिवर्तनकाे ठुलाे अनुभव बटुलेका छन्। बाजुुरामा नेता गिरी जस्ताे देश विकास र समाज परिवर्तनकाे लागी सकारात्मक शाेच र धारणाका साथ अघि बढ्ने नेता अरु काेही भेटाउन सकिन्न।कुशल,नेतृत्व र परिवर्तनकाे संबाहककाे प्रतिक हुन्,कांग्रेस उम्मेदवार गिरी ।

बाजुरेली जनताकाे हरेक सुख,दु:खमा साथ दिने ईमानदारी र नैतिकवान् नेता गिरी बाजुरेली जनताकाे एक अशल अभिभावक हुन्,जसले अभिभावकत्व निर्वाह गर्दै आएका छन्। जिल्लाका अन्य नेताकार्यकर्ताहरुले नेता गिरीकाे जस्तैः स्वभाव ग्रहण गर्न आवश्यक देखिन्छ।बजुरेली जनताका आशा,भराेसाका केन्द्रकाे रुपमा नेता गिरीलाई लिन सकिन्छ।

उमेरका हिसाबले पाकाे भए पनि शाेच,विचार युवाजस्तै भएका नेता गिरीले बाजुराकाे भाग्य र भविष्य बदल्ने देखिन्छ। यहाँका मतदाताहरुले बाजुराकाे मुहार परिवर्तनकाे लागी कांग्रेस नेता गिरी नै उपयुक्त नेतृत्व भएको बताउँदै आएका छन्। नेता गिरी लामाे समयदेखि राजनितिमा सक्रिय र अनुभव बटुलिसकेका नेता भएकोले उनमा परिवर्तनकाे ठुलाे आशा देखिन्छ।

गिरीका प्रमुख एजेण्डा के-के छन्?

कांग्रेस उम्मेदवार गिरीले यहाँका मतदाता समक्ष आश्वासन नभई आफू निर्वाचित भएको खण्डमा जनताका हरेक आधारभूत आवश्यकता परिपूर्ति गर्न कटिबद्ध रहने बताउँदै आएका छन्। अन्य दलका व्यक्ति अनेक भाषण गरेर मत ल्याउने दाउ खाेजिरहेका बेला नेता गिरी भने कुशल स्वभावले जनतासामु प्रकट हुने गरेका छन्।

भाषणले नभई कामले व्यक्ति प्रेरणाकाे पात्र बन्ने भएकोले आफू भाषणले नभई काम गरेर देखाउने व्यक्ति रहेकाे उनकाे भनाई छ।उनले आफू निर्वाचित भए पछि यहाँका गरिबी र बेराेजगारीकाे अन्त्य गर्ने प्रमुख संकल्प रहेकाे बताएका छन्।बाजुरा सधैं अभाव,अभावकाे जिल्ला नभई प्रचुर सम्भावनाकाे जिल्लाकाे रुपमा चिनाउँन आफूले महत्त्वपूर्ण भुमिका खेल्ने दावी गरे।

साथै यहाँकाे बेरोजगारी,शिक्षा,स्वास्थ्य,सडक यातायात तथा पुर्वाधार विकासलाई समेत प्राथामिकतामा राखेर अघि बढ्ने प्रतिबद्दता व्यक्त गरेका छन्।जनताकाे मतकाे कदर गर्ने नियतका साथ समग्र जिल्लाकाे विकासमा पहलकदमी गरिने उनकाे भनाई छ। गिरीका मुख्य एजेण्डा निम्नानुसार छन्।

१: गरिवी र बेरोजगारीकाे अन्त्य
२: शिक्षा,स्वास्थ्य,यातायातकाे सहज पहुँच
३: अन्याय,अत्याचार र भ्रष्टाचार न्युनिकरण
४:बाजुराका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे संरक्षण तथा सम्बर्द्धन
५: युवा विदेश पलायनमा न्युनिकरण
६: स्थानीय स्तरमै स्वराेजगारकाे व्यवस्था 

माथी उल्लेखित विभिन्न मुख्य एजेन्डालाई कार्यान्वयन गर्न आफू कुनै कदम पछि नहट्ने र जनताकाे साथ,सहयाेग र समर्थनकाे अपेक्षा गरेकाे गिरीले बताए ।उनलेे भने,‘ जसले जित हासिल गरे पनि मतदाताकाे मतकाे कदर हुनुपर्छ।म पनि कदर गर्छु,अरुले पनि गर्नुपर्छ।जनता सधैंकाे लागी चाहिन्छन्। सपना देखाउने मात्र नभई ती सपना पूरा गर्नु
नै साँच्चै धर्म हाे।’

बाजुरामा गिरी नै अपरिहार्य किन?

बाजुरेली जनताकाे प्रमुख नजरमा पर्ने नेता हुन्,जनक राज गिरी।मानव विकास सुचकांकको पुछारमा रहेको बाजुरालाई माथी उकास्न र बाजुकाे विकासलाई राष्ट्रीय विकास संग जाेडर यहाँका समस्या समाधान गर्न सक्ने कुशल नेतृत्व जनक गिरी नै भएकोले जनताकाे माझमा लाेकप्रिय छन्।

बाजुरालाई विकासकाे लयमा डाेर्याउन जनकराज गिरी नै अपरिहार्य रहेकाे समर्थक कांग्रेस युवा नेता तपशे रावलले बताए।उनले भने, ‘बाजुराकाे विकासमा कांग्रेस बाहेक अरु विकल्प छैन्। समग्र बजुरेली जनताकाे आशा,भराेशाका केन्द्र नै जनक गिरी हुन्।लामाे राजनिती यात्रमा अनुभव बटुलेका गिरीले बाजुराकाे विकासमा नयाँ माेड दिने छन्।’

साथै उनले बाजुरा मात्र नभई समग्र देश विकासमा कांग्रेस बाहेक अरु कुनै विकल्प नरहेकाे र सम्पुर्णले रुख चिन्हमा मतदान गर्न आवश्यक रहेकाे दाबी गरे।त्यस्तै समाजसेवी,साहित्यकार तथा कांग्रेस नेतृ रीता शाहीले जिल्लाको बिकासका लागि काम गर्न सक्ने, यहाँको विकासलाई राष्ट्रीय राजनीति सम्म जोड्न सक्ने,अनुभवी,विकासवादी नेता गिरी नै रहेकाे बताईन्।

उनले भनिन्,‘कांग्रेस सधैं जनताकाे पक्षमा रहेर काम गर्ने पार्टी हाे।देशमा शान्ति र सुशासन कायम गर्न कांग्रेस अग्रपंक्तिमा रहने गर्छ।देशलाई समृद्धिकाे बाटाेमा डाेर्याउन कांग्रेस बाहेक अरु विकल्प छैन्।बाजुरेली जनताले पनि आफ्नाे अमुल्य मतकाे सदुपयोग गरेर कांग्रेसलाई नै विजयी गराउने छन्।’

कांग्रेस राष्ट्रियता,लाेकतन्त्र र समाजवाद मुख्य तीन आदर्श बाेकेर अघि बढ्ने पार्टी भएकोले प्रत्येक जनताकाे राेजाईमा कांग्रेस हुने गर्छ। कांग्रेसबाट उम्मेदवार बनेका गिरीले हरेक समयमा जनतासंग बसेर प्रत्यक्ष रुपमा सुख,दु:ख साटासाट गर्ने र जनताकै नेता हुने भएकोले पनि गिरीलाई मत दिन आवश्यक देखिन्छ।

देशको बेरोजगारी,गरिवी न्युनिकरण लगायत समग्र बाजुराकाे विकासका सन्दर्भमा काँग्रेस बाहेकको विकल्प नरहेको बाजुराकाे खप्तड छेडेदह स्थानीय युवा याेगश प्रशाद उपाध्यायले बताए।देश गम्भीर संकटमा रुमलिएकाे बेला कांग्रेसले मात्रै देशलाई निकास दिन सक्ने उनकाे भनाई छ।

उनले परिवर्तन भाषण र साेसल मिडियामा नभई निति,नियम र सिद्धान्तमा देखाउनु पर्नेमा जाेड दिए।समुदायकाे वास्तविक पीडा नबुझेका व्यक्ति साेसल मिडिया मार्फत भाईरल हुनु समाजकाे लागी नकारात्मक बिषय भएको टिप्पणी गरेका छन।उनले विद्यमान् देशकाे गरिबी,अन्याय,अत्याचार र भ्रष्टाचारकाे अन्त्य गर्न कांग्रेस बाहेक अरु विकल्प नभएको प्रष्ट पारे।

गिरीकाे जित कत्तिकाे सम्भव :

पहिलेका निर्वाचन भन्दा अहिलेकाे निर्वाचनमा भने पक्कै फरक हुने देखिएकाे छ। कांग्रेस र एमालेकै दबदबा मानिएकाे बाजुरालाई अहिले नयाँ अनुहारले चुनाैती दिएका छन्।कांग्रेस नेता गिरीका मुख्य दावेदारकाे रुपमा एमालेका लाल बहादुर थापा खडा छन्।

कांग्रेस २०७९ विरासत कायम राख्ने दाउमा छ । त्यस्तै एमाले पराजयलाई विजयमा परिणत गर्ने अभियानका साथ मैदानमा छ। कांग्रेस नेता गिरीकाे सादगी,विचार,निष्कलंक छवी र विकासप्रेमी नेताकाे रुपमा चिनिने हुँदा जनताकाे विश्वास बढि देखिन्छ।बाजुरामा बाहुल्यता पनि अन्य पार्टीको भन्दा कांग्रेसकाे बढि देखिने हुँदा गिरीले जित्छन् कि?भन्ने आशा सबैलाई छ।

कांग्रेस नेता गिरीलाई पनि अन्य दलका व्यक्तिकाे चुनाैती सामना गर्नुपर्ने देखिन्छ ।पहिले गठबन्धन सहित माओवादी लगायतकाे मत पाएकाे कांग्रेस अहिले एक्लै चुनावी मैदानमा भएकोले असर पर्ने देखिन्छ। यता नेकपाका नेता प्रकाश शाह आफ्नाे प्रभावशाली पहिचान र विकासात्मक हिसाबले जनताकाे नजरमा छन्।उनले समेत कांग्रेस समर्थकाे मत काट्ने देखिन्छ।

त्यस्तै अधिकांश युवाहरुकाे मत रास्वपाका हेमराज थापा र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले लिने हँदा कांग्रेस,एमाले लगायत अन्य पार्टीलाई असर पर्ने निश्चित छ।आँकलन गर्दा सम्पूर्ण जिल्लाबासीहरुले कांग्रेस उम्मेदवार गिरीले जित्न सक्ने बताउँदै आएका छन्। उनीहरुले उम्मेदवार गिरीकाे खुलेर प्रशंसा गर्दै जित गिरीकाे सुनिश्चित रहेकाे बताउँने गरेका छन्।

अन्य पार्टी छाेडेर कांग्रेसमा प्रवेश हुने क्रम समेत बढ्दै गएकाे छ। कतिपयले २०७९ मा जित हासिल गरेका कांग्रेस नेताले जिल्लाकाे विकासमा कुनै पहल कदमी नगरेका कारण अधिकांश मतदाता रुष्ट समेत छन्।मतदाताले भने अनुसार मतदान गरेकाे खण्डमा कांग्रेस,एमाले नभई रास्वपाले जित्ने सम्भावना बढि देखिन्छ।

जग्गा,जमिन बेचर राजनीति:

सामान्य परिवारमा जन्मेका गिरीले आफ्नो राजनीति यात्रमा कुनै लाेभ,लालच र पदकाे लाेभ नगरी सक्रिय रुपमा लागेर जनताकाे माझ कुशल नेतृत्वकाे छाप भने छाेडेका छन्।गिरीले आफूले आफ्नाे जग्गा,जमिन बेचेर राजनीति गरेकाे बताएका छन्।

उनले भने,“मैले कुनै लाेभ र लालचले कहिल्यै राजनीति गरिन्।उल्टाे आफ्नै घरजग्गा बेचेर पढेँ,राजनिती गरे।अन्य नेताहरु जस्ताे विलासी जीवन बिताउने,आलिसान घरमा बस्ने नेता मलाई नसम्झनु।दृढ संकल्पका साथ जनताकाे सेवामा समर्पित हुने नेता सम्झनु।”

राजनिती गर्ने जाेसुकैले पनि केही फाईदाकै लागी गर्ने गर्छन्।तर गिरीले न आफन्त भने,न जग्गा जमिन,सबै समर्पित गरेर राजनितीमा लागेर जनताकाे सेवा गरेका हुन्।नेता गिरीले आफूलाई सधैं जनताकाे साथ,सहयाेग र माया नै प्याराे लाग्ने बताए।पदमा रहँदा पनि कुनै सम्पती जाेड्ने,विलासी जीवन विताउने साेच कहिल्यै नआएकाे उनले दावी गरे।

आफू निर्वाचित भए पनि नभए पनि सधैं यहाँका जनताकै पक्षमा काम गरिरहने उनले बताएका छन्।संकटकाे अवस्थामा गुर्जिरहेकाे देश परिवर्तनकाे खाेजी रहेकाे बताउँदै उनले त्याे परिवर्तन कांग्रेसले मात्रै ल्याउन सक्ने प्रष्ट पारे।आफू भुमिसुधार सहायक मन्त्री पदमा हुँदा बाजुराकाे विकासमा आफ्नाे  उल्लेखनीय भुमिका रहेकाे बताएका हुन्।

विरासत जाेगाउने दाउमा कांग्रेस:

कांग्रेस बाजुरा २०७९ काे जस्तैःविरासत जाेगाउने दाउमा चुनावी मैदानमा उत्रेकाे छ।२०७९ सालकाे प्रत्यक्षतर्फकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस बाजुराले सहज जित निकालेकाे थियाे।प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाजुरा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रशाद पाण्डे ३१ हजार ७ सय ८६ मत ल्याई विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापालाई पाण्डेले ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेका थिए। पराजित एमालेका कर्णबहादुर थापाले २६ हजार ३ सय ४९ मत ल्याएका थिए।कांग्रेस पुन: यहि विरासतलाई जाेगाउन गहन रुपमा छलफलका साथै घरदैलो अभियानमा लागेकाे छ।

जिल्लाका सम्पूर्ण नेता कार्यकर्ता एकढिक्का भएर अघि बढेका छन्।आगामी निर्वाचनमा पुन:सफलता प्राप्त गर्नु नै कांग्रेसकाे मुख्य उदेश्य छ।नेपाली कांग्रेस अहिले हरेक गाउँ बस्तीमा पुगेर जनतासंग सुख,दुखका साथै गाउँघरका समस्याहरु पहिचान गरिरहेकाे छ।गाउँघरका समस्या पहिचान संगै समाधानका उपायकाे विकल्प खाेज्दै कांग्रेस अघि बढेकाे छ।

समसामयिक राजनीतिक अवस्था,पार्टीको भावी रणनीति,आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीय स्तरका समस्या र विकासका विषयलाई कांग्रेसले प्रमुख प्राथामिकतामा राखेकाे छ।कांग्रेस आफ्नाे विरासत टुटाउने पक्षमा छैन्।कांग्रेस उम्मेदवार गिरीलाई विजयी गराएर बाजुरालाई परिवर्तनकाे मुल धारमा पुर्याउने मुख्य उदेश्य कांग्रेसकाे छ।

काँग्रेसले देशमा नयाँ परिवर्तनका साथै अन्याय,अत्याचार र भ्रष्टाचार न्युनिकरण गर्न काँग्रेसमै सम्भव रहेकाे उम्मेदवार गिरीले दाबी गर्दै आएका छन्।बाजुराको दीर्घकालीन समस्या,गरीबी, बेरोजगारीकाे अन्त्य गर्नु प्रमुख एजेण्डा रहकाे उम्मेदवार गिरीले जानकारी दिए।साथै पर्यटकीय सम्भावना बाेकेका क्षेत्रकाे उजागर गरि आर्थिक उपार्जनमा टेवा पुर्याईने गिरीले बताए ।

सम्बन्धित पोस्ट
  • बुढीनन्दा ७ का ८३ जना काँग्रेसमा प्रवेश
  • धादिङमा बस दुर्घटना स् १७ को मृत्यु, २८ घाइते (नामावलीसहित)
  • विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
  • कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि हुने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे भाग्य र भविष्य बदल्न सक्ने कुशल नेतृत्व गिरी: उदाहरणीय र प्रेरणाका पात्र

    बुढीनन्दा ७ का ८३ जना काँग्रेसमा प्रवेश

    धादिङमा बस दुर्घटना स् १७ को मृत्यु, २८ घाइते (नामावलीसहित)

    समाचार

    बाजुराकाे भाग्य र भविष्य बदल्न सक्ने कुशल नेतृत्व गिरी: उदाहरणीय र प्रेरणाका पात्र

    बुढीनन्दा ७ का ८३ जना काँग्रेसमा प्रवेश

    धादिङमा बस दुर्घटना स् १७ को मृत्यु, २८ घाइते (नामावलीसहित)

    विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

    कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑