
बाजुरा : बुढीनन्दा नगरपालिका वडा नं ७ का ८३ जना काँग्रेस प्रवेश भएका छन् । नेपाली कांग्रेस बुढिनन्दा नगरपालिकाको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बुढीनन्दा ७ का ८३ जनाले नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको युवा नेता लाल बहादुर रोकायाले बताए ।

आइतबार साँझ गरिएको भेटघाट कार्यक्रममा नेकपा एमालेका संस्थापक नेता नरलाल बिक, पुर्व शिक्षक कृष्ण कुमार गिरी लगायत उहाँका परिवार सहित ८३ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेको नेता रोकायाको भनाइ छ ।
नवप्रवेशीलाई नेपाली काँग्रेस बाजुरा महासमिति सदस्य तथा पुर्व मेयरपदम कुमार गिरी,महाधिवेशन प्रतिनिधि रिता देबि सिहँ,वडा अध्यक्ष तथा जिल्ला कमिटि सदस्य अशोक दानी लगायतका नेताले नेपाली कांग्रेसमा स्वागत गरेका छन् ।नेपाली काँग्रेस प्रवेश हुनेमा बुढीनन्दा-७ शेरकाटियाँका स्थानीय बढी छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर