
काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा अन्तिम खेल हुँदैछ । समूह चरण अन्तर्गत अन्तिम खेलमा समूह ‘बी’बाट बाहिरिसकेका विश्व विजेता अस्ट्रेलिया र ओमान भिड्दैछन् ।ओमान र अस्ट्रेलियाको खेल शुक्रबार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यो खेल श्रीलंकाको पालिखेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

समूह चरणका दुई खेल गुमाएको अस्ट्रेलिया र तीन खेल गुमाएको ओमानको खेल प्रतिष्ठाको लडाइँका रुपमा रहेका छन् । विश्वकपमा आयरलाइन्डलाई ६७ रनले हराउँदै विजयी सुरुवात गरेको अस्ट्रेलियाले त्यसपछि जिम्बाबेसँग २३ रन र श्रीलंकासँग ८ विकेटको हारको सामना गरेको छ । समूह चरणबाटै बाहिरिनु अस्ट्रेलियाका लागि यो विश्वकप दुःखद् बनेको छ ।
ओमानले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । पहिलो खेलमा जिम्बाबेसँग आठ विकेटले पराजित भएको ओमान दोस्रो खेलमा श्रीलंकासँग १०५ रन र तेस्रो खेलमा आयरलाइन्डसँग ९६ रनले चुकेको हो । समूह चरणको यो अन्तिम खेल हो ।
शनिबारदेखि सुपर एटका खेल हुँदैछन् । २० टोली सहभागी विश्वकपबाट १२ देश बाहिरिँदा आठ देश सुपर आठ प्रवेश गरेका छन् ।दुई समूहमा विभाजन गरिएको सुपर आठमा हरेक देशले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यो प्रतिस्पर्धामा दुई समूहका शीर्ष चार टिमले सेमिफाइनल खेल्नेछन् ।
विश्वकप सुपर एडको समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाबे छन् । सामूह–२ मा भने इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।सुपर आठको पहिलो खेलमा शनिबार पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। यो खेल शनिबार साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकाको कोलम्बुमा सुरु हुँदैछ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर