• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

विश्वकपः भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित

खप्तड मालिका न्युज February 19, 2026 मा प्रकाशित (२0 घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं – आइसीसी टी२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले हराएको हो ।भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १७६ रन बनाउन सक्यो ।

उसका लागि बास डे लीडेले सर्वाधिक ३३ रन बनाए । २३ बलको सामना गरेका उनले ३ चौका र एक छक्का प्रहार गरे । यस्तै माइकल लेविटले २४, कोलिन एकरम्यानले २३, म्याक्स ओुडाउडले २० रनको योगदान दिए ।भारतका लागि वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए । तीन ओभर बलिङ गरेका चक्रवर्तीले १४ रन खर्चिए । शिवम् दुवेले दुई विकेट लिँदा जसप्रित बुमराह र हार्दिक पाण्ड्याको नाममा एकएक विकेट रह्यो ।

त्यसअघि भारतको नरेन्द्रमोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।भारतका लागि शिवम दुवेले सर्वाधिक ६६ रनको योगदान दिए । ३१ बलको सामना गरेका उनले ६ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै कप्तान सूर्यकुमार यादवले ३४, तिलक बर्माले ३१, हार्दिक पाण्ड्याले ३० रन बनाए । पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका इशान किसन आजको खेलमा १८ रनमा आउट भएका थिए ।नेदरल्याण्ड्सका लोगान भ्यान बेकले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । यस्तै आर्यन दत्तले दुई तथा काइल क्लेनले एक विकेट लिए ।

विश्वपमा आज तीन खेलः पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो खेलमा सुपर आठ प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्दैछ।

यसअघि तीन खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ भने इटालीले दुई अंक जोडेको छ। इटालीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा भारतको इडेन गार्डेनमा हुनेछ।

दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका श्रीलंका र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा कोलम्बोमा सुरु हुँदैछ।

बिहीबार नै हुने तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको चेन्नईमा सुरु हुँदैछ।

 

सम्बन्धित पोस्ट
  • उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात
  • आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात

    आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’

    विश्वकपः भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित

    समाचार

    उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात

    आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’

    विश्वकपः भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑