• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 13, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

माटाेका थडिया घर: संस्कार र संस्कृतिका प्रतिक

बाजुराको हिमाली गाउँपालिका बोल्ढिकका माटोका थडिया घरहरुः तस्विरः गोविन्द्र राज तिमिल्सेना
खप्तड मालिका न्युज February 13, 2026 मा प्रकाशित (१0 घण्टा अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः त्यो बेला कुनै समय थियो,बाजुराको पुर्वि उत्तरी क्षेत्र हिमाली,स्वामिकार्तिक जगन्नाथ गाउँपालिकामा थुप्रै माटाका घरहरु भेटिन्थे।माटाका घरहरुको निकै महत्व थियो।पहिले हरेक गाउँको पहिचान नै माटाका घरहरु थिए।

हुनत् अहिले पनि नभेटिने होईन्,तर पहिलेको तुलनामा अहिले माटाका घरहरु हराउँदै गएका छन्।आधुनिकताले संस्कार र संस्कृतिका प्रतिक मानिएका माटाका घरहरु हराउँन थालेका हुन्।माटाका ती घरहरु केवल वासस्थान मात्र होईन्,परम्परागत ज्ञाप,सीप र प्रविधिका पहिचान थिए।

तर पछिल्लो समय आधुनिकताको विकास सिमेन्ट र कङ्क्रिटको तीब्र विस्तारसंगै परम्परागत माटाका घरहरु छायामा पर्दै गएका हुन्।भुकम्प प्रतिरोधी,आधुनिक डिजाईन र शहरीकरणको विकासले बाजुराको पुर्वी उत्तरी क्षेत्रमा रहेका माटाका घरहरु खतरामा परेका हुन्।

मानिस सुविधा,टिकाउपन तथा आधुनिक डिजाइनमा आकर्षित भएकोले यस्ता खाले घरहरुको महत्त्व घटेको हो।नयाँ पुस्ताले परम्परागत शैलीभन्दा आधुनिक वनावटलाई प्राथामिकता दिन थालेपछी परम्परागत शैलीका माटाका घरहरु हराउँदै गएको बाजुराको हिमाली गाउँपालिका बोल्ढिकका स्थानीय जयकृष्ण पाण्डेले बताए ।

पहिले बोल्ढिकमा धेरै माटाका घरहरु थिए। अहिले विस्तारै हराउँदै गएका छन्।’उनले भने,‘ माटाका घरहरु हराउँदै जानूको प्रमुख कारण आधुनिकताको विकास हो।यसले रैथाने सीप, ज्ञान र प्रविधिमा समेत चुनौती थपिएको छ।परम्परागत ज्ञान,सीप तथा शैलीको संरक्षण गर्न आवश्यक जरुरी देखिन्छ।’

गर्मिमा चिसो र जाडोमा न्यानो हुने स्थानीय सामाग्रीको प्रयोग कम लागत,र वातावरणमैत्री हुने माटाका घरहरुको अस्तित्व संकटमा पर्दै गएको हो।बिशेषगरीस्बाजुराको पुर्वी उत्तरी क्षेत्रमा स्थानीयले बसोबास गर्न बनाएका माटोका घरहरु प्रायस्अहिले देखिन छाडेका हुन्।यसले परम्परागत संस्कृतिमा चुनौती समेत थपेको हो।

विकासको क्रमसँगै आधुनिकताले छोप्दै जाँदा यहाँका अधिकांस माटाका घरहरु आरसिसी घरहरुको रुपमा परिणत छन्। पुरातन शैलीका संस्कृति झल्काउने घरहरु लोप हुदैँ जाँदा अन्य परम्परागत ज्ञान,सीप र प्रविधिमा समेत असर परेको बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र वहादुर मल्लले बताए ।

गाउँपालिका भित्र माटोका छानो भएका अधिकांश घरहरुको स्वरुप बदलिएको गाउँपालिका अध्यक्ष मल्लले बताए। स्थानीय पहिचान र सांस्कृतिक विरासत जोगाइ राख्ने घरहरु हराउँदै जानुले मौलिक पहिचानमा असर परेको उनको भनाई छ।आधुनिकताले माटाका घर ऐतिहासिक सम्पदा,स्मारक, गुम्बा,लगायत अन्य देवस्थलको अस्तित्व धरापमा परेको उनको बुझाई छ ।

माटोका घहरु बिशेषत्ः बाक्लो गारोले बनाईने हुँदा घरभित्र बस्दा जाडोमा न्यानो र गर्मिमा शितलता हुने गर्छ।यस्ता घरहरुमा चिसोबाट लाग्ने रोगहरुबाट समेत वच्न सकिन्छ।तर पछिल्लो समय शहरमा मात्रै सिमित विकासको लहर दुर्गम गाउँका कुना कन्दरामा छाएसंगै मौलिक पहिचान ज्ञान,सीप र प्रविधिमा आधारित यस्ता खाले घरहरु हराउदैँ गएका हुन्।परम्परागत प्रविधि तथा संस्कृतिको संरक्षणमा जोड दिन आवश्यक रहेको सरोकारवाला बताउँछन्।

सम्बन्धित पोस्ट
  • आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
  • टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार
  • २९ माघ, २०८२ – बिहिवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    माटाेका थडिया घर: संस्कार र संस्कृतिका प्रतिक

    आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

    समाचार

    माटाेका थडिया घर: संस्कार र संस्कृतिका प्रतिक

    आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

    पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

    फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑