• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे पाेरखेगढी: हिउँमा रमाउँने पर्यटककाे चाङ

खप्तड मालिका न्युज January 31, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुराकाे पर्यटकीय स्थल पाेरखेगढी यतिवेला सेताम्य हिउँकाे तन्नामा छ।बाक्लाे हिमपात भएको पाेरखेगढी आन्तरिक तथा बाह्य पर्यटककाे केन्द्रविन्दुमा रहेकाे पर्यटकीय स्थल हाे।अहिले यहाँ हजारौंकाे संख्यामा पर्यटक घुम्ने गरेका छन्।

बाजुराकाे सबैभन्दा ठूलो वन क्षेत्र,विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोत-साधनले भरिपूर्ण पोरखे क्षेत्र यतिबेला प्रकृतिकाे रानी जस्तै सिँंगारिएकाे छ।अथाह सम्भावना बाेकेकाे पाेरखेगढी बर्षेनी हिउँदकाे समयमा सेताम्य हिउँकाे तन्नामा लुकिरहेकाे देखिन्छ।

वरपरको रमाइलो दृश्य,सेताम्य भएका हँसिला डाँडापाखा,सेताम्य हिँउ संगै नाँचिरहेकाे प्रकृति निकै सुन्दर अनि रमणीय छ ।हिउँ परेर अत्याधिक जाडाे हुने उक्त क्षेत्रमा अहिले पर्यटककाे चाङ लागेकाे छ ।दिनहुँ हजारौंकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटक हिउँमा रमाउँन त्यहाँ जाने गरेका छन्।

छुट्टाछुट्टै समूहमा विभाजित भएर यहाँका आन्तरिक तथा वाह्य पर्टकहरुले कालाजग्रा-पाेरखेगढीकाे अवलाेकन गर्ने गरेका छन्।हिउँका घर तथा मान्छेका आकृति बनाउन, चिप्लेटी खेल्न,एक-आपसमा हिउँका डल्ला हानाहान तथा टिकटक र रिल बनाउने आन्तरिक तथा बाह्य पर्यटककाे चाङ लाग्ने गरेकाे हाे।

कालाजग्रा-पाेरखेगढी धार्मिक रुपले पनि प्रख्यात छ। कालाजग्रा कालिका देवीकाे प्राथना गर्ने प्रमुख धार्मिक गन्तव्य हाे भने पाेरखेगढी ऐतिहासिक महत्व बाेकेकाे क्षेत्र हाे।पाेरखेगढीमा पाेरखेगढी दरवार जुन पहिले (सैन्य तालिम दिने र मित्र राज्यको भेटघाटस्थल) मानिन्थ्याे।अहिले पाेरखेगढी दरवार भने भग्नावस्थामा छ।

कालाजग्रा पाेरखेगढीकाे यहाँका ९ वटै स्थानीय तहले रङ फेर्न सकेकाे खण्डमा यसकाे थप पर्यटन,प्रबर्द्धन भई आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास रहेकाे स्थानीय प्रशान्तराज जाेशीले बताए । उनले पाेरखेगढी क्षेत्रमा सडक सञ्जाल,हाेमस्टे सञ्चालन,भाैतिक पुर्वाधारकाे विकास गर्न सकेकाेमा पाेरखेगढी क्षेत्र विश्वसामु चिनिने बताएका हुन्।

पाेरखेगढीकाे बाक्लाे हिउँमा पहिलोपटक मनाेरञ्जन गर्न पाउँदा निकै खुसी लागेकाे नेपालगञ्ज उपमहानगरपालिका-२ की पुष्पा गिरीले बताईन्।‘आफूले याे भन्दा अघि कहिल्यै हिउँ देखेकी थिईन्।पहिलोपटक बाजुरामै हिउँ देखेँ,निकै आनन्द आएकाे छ।उनले भनिन्,‘अझै जमेको भन्दा पनि हिउँ परिरहेकाे देख्न पाए कस्ताे हुन्थ्याे हाेला।’

साथै उनले हिउँकाे अँगालाेमा बस्न पाउँदा आफूलाई भाग्यमानी ठानेकाे समेत बताईन्। प्रचुर सम्भावना बाेकेका यस्ता क्षेत्रकाे पर्यटन,प्रवर्द्धन गर्न आवश्यक रहेकाे कुरामा उनले जाेड दिईन्।कालाजग्रा पाेरखेगढीमा आन्तरिक तथा बाह्य पर्यटककाे आवागमन बढाउँन प्रचार-प्रचार नै महत्त्वपूर्ण रहेकाे बाजुराकाे त्रिवेणी नगरपालिकाका- २ का स्थानीय कुमार न्याैपानेले बताए ।

‘स्थानीय स्तरका पर्यटकीय सम्भावना बाेकेका हिमाल,ताल,तलैया र डाँडापाखाकाे प्रचार गर्न निकै आवश्यक छ ’ उनले भने,‘यहाँका स्थानीय सरकार संगै सम्पूर्णले पाेरखेगढीकाे प्रचार-प्रसारमा महत्त्वपूर्ण भुमिका खेलेकाे खण्डमा आन्तरिक मात्र नभई बाह्य पर्यटहरु समेत भित्र्याउन सकिने सम्भावना छ।’

पाेरखेगढी मात्र नभई जिल्लाका सम्पुर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रचार-प्रसारकाे लागी नेपाल पत्रकार महासंघले पर्यटकीय क्षेत्रकाे उजागर गर्ने अभियान समेत थालनी गरेकाे नेपाल पत्रकार महासंघ बाजुराका सह-सचिव जनक बाेहराले बताए।उनले भने,‘जिल्लाका सम्पूर्ण पर्यटकीय क्षेत्रलाई मिडिया मार्फत उजार गर्नु महासंघकाे दायित्व हाे।आफ्नाे टिम निर्वाचित भए पछि पहिलो पूर्ण वैठक पाेरखेगढीबाट सुरु भएको हाे। ’

कालाजग्रा-पाेरखेगढी जस्ताे अथाह सम्भावना बाेकेकाे क्षेत्रलाई महासंघले प्रचार-प्रसारका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा उनले जाेड दिएका हुन्।प्राकृतिक छटाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र पोरखेगढी अझै पर्यटन,प्रबर्द्धन तथा प्रचार-प्रसारकाे पर्खाइमा रहेकाे छ।

हिउँले सजिएर मुस्कुराइरहेको कालाजग्रा पाेरखेगढी हेर्न र  घुम्नको आनन्दकाे कल्पना समेत गर्न सकिन्न।सेताम्य हिउँका विशाल फाँटले घुम्न आउँने पर्यटकलाई आकर्षित गर्ने गरेकाे छ।विभिन्न जडिबुटी तथा विभिन्न रङ्गचङ्गी फूलहरूको रमणीयस्थल पोरखे क्षेत्रको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहको चासो भने अझै न्यून रहेकाे देखिन्छ। बडीमालिका र बुढिनन्दा नगरपालिकाले भने पाेरखेगढीकाे पर्यटन,प्रबर्द्धनमा टेवा पुर्याउँदै आएका छन्।

पाेरखेगढी बिशेषत: हिउँकाे दुनियाँमा रमाउनेलाई तीन/चार महिनाकाे समय निकै महत्त्वपूर्ण मानिन्छ। सेताम्य हिउँकाे सामिप्यतामा रमाउँन कयौं पर्यटन त्यहाँ जाने गर्छन्। सेताम्य हिउँकाे तन्नामा यतिबेला कालाजग्रा- पाेरखेगढी रमाईरहेकाे। त्याे हिउँकाे तन्नामाथि कालाजग्रा- पाेरखेगढी निकै मनमाेहक र सेताम्य देखिन्छ।शान्त वातावरण अनि सेताम्य हिउँकाे घुम्टाेमा नाेरङ्गे शाडीमा उनिएकी अप्सरा जस्तैः देखिन्छ कालाजग्रा- पाेरखेगढी ।

हिउँ संग सुत्नु अनि हिउँ संगै पाैठाजाेरी खेल्नु सामान्य भने छैन्। पाेरखेगढीमा भाैतिक पुर्वाधार,बाह्रै महिना हाेमस्टे सञ्चालन लगायत विभिन्न सेवा-सुविधा भएको खण्डमा हिउँदकाे समयमा मात्र नभई अन्य समयमा पनि आन्तरिक तथा बाह्य पर्यटक आउँने स्थानीयकाे बुझाई छ।ठुलाे वन क्षेत्रमा पर्ने पोरखेलेक प्राकृतिक,धार्मिक तथा ऐतिहासिक हिसाबले प्रचुर सम्भावना बाेकेकाे क्षेत्र हाे।

कालाजग्रा-पाेरखेगढीकाे वन क्षेत्रभित्रै चणिदह,बार्या ताल, पोरखे ताल,कालाजग्रा गुफा ताल जस्ता साना-ठूला सुन्दर तालहरु समेत रहेका छन् ।यहाँकाे घनाजङ्गल भित्र, लोपोन्मुख पशुपंक्षीको बासस्थान छ । अनेकौं प्रजातीका चराचुरुङ्गी यहाँ पाईन्छ ।पाेरखेगढीकाे पर्यटन,प्रबर्द्धनमा यहाँका सम्पूर्ण स्थानीय तहले बिशेष नीति अपनाएर अघि बढेकाे खण्डमा यसकाे संरक्षण,सम्बर्द्धन आर्थिक उपार्जनमा ठुलाे टेवा पुग्ने देखिन्छ।

फाेटाेफिचर…..

 

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑