
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइसँगको भेटघाट वा संवादले मन हलुका बनाउनेछ। पहिलादेखि सोचेर राखिएका केही कामहरू फेरि अघि बढाउने सोच आउने छ। दैनिक गतिविधिमा केही हेरफेर हुने योग छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्ष सक्रिय रहनेछ। आम्दानीसँगै खर्चका विषय पनि उठ्न सक्छन्। घरपरिवारसँग सम्बन्धित कुरामा निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। धैर्य र सन्तुलित व्यवहारले परिस्थिति सहज बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै कुरा सोच र योजनामा स्पष्टता आउने दिन हो। अरूले तपाईंको विचारलाई ध्यान दिएर सुन्नेछन्। अपेक्षा नगरेको ठाउँबाट शुभ सूचना वा खबर पाउन सकिन्छ। आत्मबल बलियो रहने र काममा ध्यान बस्ने दिन हो। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना अनुभव वा सम्झनाले सोचलाई अलि गहिरो बनाउने दिन हो। एकान्तमा बसेर काम गर्दा राम्रो नतिजा आउन सक्छ। अनावश्यक दबाव आफूमाथि नलिनु उचित होला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक सम्पर्कमा विस्तार हुने छ। साथीभाइ वा चिनजानबाट सहयोग मिल्न सक्छ। समूहमा गरिएको कामले सकारात्मक प्रतिक्रिया ल्याउन सक्छ। मान प्रतिष्ठासम्बन्धी कुरा उठ्ने र साथपनि मिल्ने दिन हो। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा जिम्मेवारीको चाप महसुस हुन सक्छ। धेरै कुरा एकैचोटि सम्हाल्न खोज्दा थकान बढ्न सक्छ। क्रम मिलाएर अघि बढ्दा काम सजिलै पूरा हुनेछ। स्वास्थ्यप्रति सजग रहनु राम्रो रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भाग्यले साथ दिन खोजे पनि प्रयास अनिवार्य देखिन्छ। अनुभवी वा जानकार व्यक्तिको सुझाव उपयोगी हुन सक्छ। काममा ढिलाइ भए पनि अन्त्यमा सन्तोषजनक परिणाम आउने संकेत छ। आफ्नै निर्णयमा अडिग रहनु लाभदायक हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अड्किएका कामहरू बिस्तारै अघि बढ्ने वातावरण बन्नेछ। जिम्मेवारी बढे पनि आत्मविश्वास घट्ने छैन। आफ्नै निर्णयमा भरोसा गर्दा फाइदा हुनेछ। मान सम्मानसम्बन्धी कुराले सकारात्मक दिशातिर हजुरलाई डोर्याउने छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सम्बन्ध र साझेदारीसँग जोडिएका कुरामा छलफल हुन सक्छ। स्पष्ट बोलाइले अन्योल हटाउन सहयोग गर्नेछ। व्यवहारिक सोच र समझदारीपूर्ण निर्णयले आकस्मिक धनलाभ हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवारका विषयले केही समय लिन सक्छ। पुराना जिम्मेवारी वा अधुरा काम सम्झनामा आउन सक्छन्। ठूला निर्णय आज नगर्नमै बुद्धिमानि होला। संयमता राख्दा प्रतिकुल स्थिति पनि नियन्त्रणमा रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज यहाँको मानसिक हलचल अलि तीव्र हुन सक्छ। प्रेम, सन्तान वा नजिकको सम्बन्धले केही कुरामा व्यस्त बनाउन सक्छ। बोली र व्यवहारमा संयमता आवश्यक देखिन्छ। केहिपनि बिषयमा जोखिमपूर्ण कदम चाल्नुभन्दा छोटो पर्खाइ राख्नु उचित हुन्छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च र पारिवारिक दायित्व दुवै एकैचोटि देखिन सक्छन् विचार गर्दै धन खर्चिनुहोला। अचानक आएको सूचना वा खबरले सोच बदल्न सक्छ। काम अघि बढाउन आफ्नै विचारलाई व्यवस्थित गर्नु आवश्यक छ। मानसिक शान्ति कायम राख्न समय निकाल्नु राम्रो रहला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर